आयकर बुझाउने म्याद थप्न उद्योग परिसंघको आग्रह « Khabarhub

आयकर बुझाउने म्याद थप्न उद्योग परिसंघको आग्रह


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने समयावधि आगामी चैत मसान्तसम्म थप गर्न सरकारसँग माग गरेको छ ।

परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी म्याद थपको माग गरेका हुन ।

वितग वर्षमा उद्योगी व्यवसायीले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समयसीमाभित्र नै गरिरहेको भन्दै उनले गत आवदेखि नै कोरोनाका कारणबाट उद्योग व्यवसाय प्रभावित भएकाले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद थप गर्नुको विकल्प नरहेको बताए ।

कोभिडका कारण कतिपय उद्योग व्यवसाय खुल्ने अवस्थामा नरहेको र अहिले उद्योग व्यवसायले सञ्चालनको गति लिइरहेको अवस्थामा कतिपय उद्योगी व्यवसायीले लेखा परीक्षण कार्यसमेत सम्पन्न गरी नसकेको अवस्थालाई मध्यनजगर समयसीमा थप गर्न आग्रह गरिएको परिसंघले जनाएको छ ।

कोभिडको प्रभावबाट प्रभावित व्यवसायीले समय थप भएसँगै सहजरूपमा आयकर विवरण बुझाउन तथा कम्पनी अद्यावधिक गरी सरकारको राजश्व सङ्कलनको लक्ष्यमा सघाउ पुर्‍याउन परिसङ्घ प्रतिबद्ध रहेको अध्यक्ष मोरले बताए ।

विद्यमान आयकर ऐनमा भएको व्यवस्थाअनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ भने कम्पनी ऐनमा व्यवस्था भएअनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्त तोकिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ५५ बजे

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सरकार धार्मिक

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा