सरकारले टुंग्यायो दुई चरणमा निर्वाचन गराउने जिल्ला « Khabarhub

सरकारले टुंग्यायो दुई चरणमा निर्वाचन गराउने जिल्ला

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन हुने


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले दुई चरणमा निर्वाचन गर्ने जिल्लाको टुंगो लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई चरणमा निर्वाचन गराउन छुट्याएको प्रदेशका आधारमा पहिलो चरणमा वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गराएर आगामी १७ र २७ गते निर्वाचन गर्ने तय गरेका थिए। त्यसअनुसार, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा निर्वाचन हुने प्रदेश छुट्याएको हो।

पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए।

उनका अनुसार दोस्रो चरणमा २७ वैशाखमा बाँकी तीन प्रदेशमा निर्वाचन गराउने निर्णय गरिएको छ। प्रदेश १, बाग्मती र कर्णालीमा दोस्रो चरणमा निर्वाचन हुनेछ।

कुन प्रदेशमा कहिले निर्वाचन गराउने भन्ने विषयमा सुरक्षा परिषद्ले तय गरेको थियो। सुरक्षा परिषद्को सिफारिशमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि यसको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन्। त्यस्तै, यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : ५४ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७