ओली नेतृत्वकै सरकारले अबको दुई वर्षसम्म निरन्तरता पाउँछ : नेता पण्डित « Khabarhub

ओली नेतृत्वकै सरकारले अबको दुई वर्षसम्म निरन्तरता पाउँछ : नेता पण्डित


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का नेता लालबाबु पण्डितले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै अबको दुई वर्षसम्म निरन्तरता पाउने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार नबन्ने जिकिर गरे।

माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन दिनुको विकल्प नरहेको उनको भनाई छ । उनले आवश्यक परे ओलीले थप राजनीतिक दलहरुको पनि समर्थन पाउने दाबी गरे ।

‘नेकपा माओवादी केन्द्रले यो सरकारलाई समर्थन दिनुको विकल्प छैन्, आवश्यक पर्दा प्रधानमन्त्रीज्यूले थप राजनीतिक दलहरुको पनि समर्थन पाउनुहुन्छ,’ ओलीले भने।

उनले अबका दिनहरुमा पार्टी नेतृत्वहरुले एमालेलाई बलियो बनाउने समेत बताए। ‘आन्तरिक किचलो नेकपा एमालेभित्र अब हुँदैन् । हिजो नेकपा हुँदा जे/जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन्। नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छ,’ उनले भने, ‘पार्टीको नेतृत्व पंक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ।’

एमालेका शीर्ष नेताहरू केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले एमालेलाई बलियो बनाउने बाहेकका गतिविधि नगर्ने उनको विश्वास छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ४५ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका