माओवादी केन्द्रको बैठकमा रामबहादुर थापासहित चार वरिष्ठ नेता अनुपस्थित « Khabarhub

माओवादी केन्द्रको बैठकमा रामबहादुर थापासहित चार वरिष्ठ नेता अनुपस्थित


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले मंगलबार आह्वान गरेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता रामबहादुर थापालगायत चार जना नेता अनुपस्थित भएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री रहेका थापासहित टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्ट माओवादी केन्द्रको बैठकमा सहभागी नभएका हुन् । उनीहरूसहित ८ नेताले सोमबार प्रधानमन्त्री ओलीको कदमलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

माओवादी केन्द्रले भने मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको बैठकमा सरकार र संसद आगामी भूमिकाबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाज पार्टी (जसपा)लगायत दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने भनेको छ ।

नेकपा (एमाले) सँग पनि वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिएका छन् ।

माओवादी केन्द्रले अबको परिस्थितिबारे छलफल गर्न फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेलासमेत गर्ने भएको छ । ओली सरकारलाई दिएको समर्थन भने फिर्ता लिने/नलिनेबारे कुनै निर्णय हुन नसकेको प्रवक्ता श्रेष्ठले बताए ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणलाई पूर्ववतावस्थामा ब्यूँतिएको फैसला गरेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : ०९ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका