शिवरात्रिमा पशुपतिनाथमा १० हजार सुरक्षाकर्मी परिचालन हुने « Khabarhub

शिवरात्रिमा पशुपतिनाथमा १० हजार सुरक्षाकर्मी परिचालन हुने


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा तीन दिनअघि अर्थात् आजैदेखि करीब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गर्नुपर्नेछ ।

वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ ।

पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ ।

कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउन भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न चाहने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक यातायात रोकिने छैन ।

मालबाहक सवारी भने रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई नि:शुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको छ ।

विगत वर्षमा स्वयंसेवक परिचालन गर्ने अनुमति लिएर आफैँ दर्शन गर्न जाने एवं तोकिएको काम नगर्ने संस्थालाई यस वर्ष जिम्मेवारी दिइएको छैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : २९ बजे

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै

बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए

काठमाडौं – हलिउड स्टार विल स्मिथले बलिउडप्रतिको आफ्नो आकर्षण फेरि

बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन- देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको