आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडका लागि आवेदन आह्वान « Khabarhub

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडका लागि आवेदन आह्वान


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२१ मा सञ्चालन गरिने आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरिएको छ ।

विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

सोअन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११–१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन् ।

ओलम्पियाडको पहिलो चरणको छनोट परीक्षा प्रादेशिकरुपमा चैत २८,२०७७ (अप्रिल १०, २०२१) शनिबार मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिने छ ।

प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइने सोसाइटीले जनाएको छ ।

यसैगरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कनमार्फत सहभागीलाई यो वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडका लागि सिफारिस गरिनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ४६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब