वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशबाट खरिद गरिएको रासायनिक मल « Khabarhub

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशबाट खरिद गरिएको रासायनिक मल


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बङ्गलादेशबाट खरिद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ ।

रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।

भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ । नेपाल सरकार र बङ्गलादेश सरकार (सरकार–सरकारबीच (जिटुजी) सम्झौताअनुसारको पहिलो चरणको रासायनिक मल नेपाल आइपुगेको हो ।

बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्येमा पहिलो चरणमा कोलकातामा २२ हजार ५०० टन रासायनिक मल ल्याइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार कोलकाताबाट रेल तथा ट्रकमार्फत नेपालमा ल्याइनेछ ।

गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उन जानकारी दिए ।

यसैगरी आज पुनः रेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिडिसकेको छ । रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।

बङ्गलादेशसँग प्रति मेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिए । उनका अनुसार कृषि सामग्री कम्पनीबाट रासायनिक मल खरीदको अन्तिम सम्झौताअुनसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलरमा सम्झौता भएको हो ।

जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअुनसार कृषि सामग्री कम्पनीले मल खरीदको तयारी गरेको थियो ।

तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।

सम्झौता भएको साढे तीन महिनापछि पहिलो चरणको मल नेपाल आइपुग्न लागेको हो । कृषि सागम्री कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : २३ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै