मकवानपुरमा डढेलोले पौने चार करोड बराबरको क्षति « Khabarhub

मकवानपुरमा डढेलोले पौने चार करोड बराबरको क्षति


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – डढेलोका कारणले मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा रु तीन करोड ७० लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलो कारण ३८ घर जलेर नष्ट भएको छ । डढेलोले एक हप्ता अगाडि मकवानपुरमा एक वृद्ध महिलाको मृत्यु भएको छ भने पाँच घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सामान्य उपचारपछि घर फिर्ता भएको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्यस्तै डढेलोले तीन पक्की र ३५ कच्ची घर जलेर नष्ट भएको छ । साथै २३ गोठ तथा बाख्रालगायतका ५० चौपाया जलेर मरेको छ । केही सङ्घ–संस्थाले पीडितलाई राहत सहयोग गरेको पनि जानकारी दिइएको छ ।

यसैबीच डढेलोको कारण मकवानपुरगढीका खानेपानी तथा सिँचाइका पाइपमा क्षति पुगेको छ । त्यहाँ खानेपानीको समस्या भएको छ । गत मगङ्लबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ को सानोगढीबाट शुरु भएको डढेलोले मकवानपुरगढी बृहत् खानेपानीको १४० एमएमको १०० मिटर पाइप नष्ट भएको छ ।

त्यहाँ प्रथम धवाडी सिँचाइ, माथिल्ला धवाडी सिँचाइ, धवाडी दोस्रो खानेपानी र धरमपानी खानेपानीअन्तर्गत ४०० मिटर पाइप नष्ट भएको धवारी दोस्रो खानेपानी उपभोक्ता समूहका सचिव इमनाथ तिमल्सिनाले जानकरी दिए ।

अप्ठ्यारो ठाउँ भएकाले आगो निभाउनसमेत समस्या रहेको उनले बताए । मकवानपुरगढी बृहत् खानेपानी योजनाअन्तर्गतका १५० मिटर पाइप पनि डढेलोका कारणले नष्ट भएको उक्त बृहत् खानेपानी उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

पाइप नष्ट भएकाले गाउँपालिकाको वडा नं २, ३ र ४ का करिब दुई हजार घरपरिवार खानेपानीबाट प्रभावित हुन पुगेका छन् ।

पाइप नष्ट भएको स्थानमा नयाँ पाइप जोड्न र मर्मत गर्न समय लाग्नेछ । मर्मतसम्भार नभएसम्म पानीका वैकल्पिक उपाय खोज्न र पानीको कम प्रयोगमा जोड दिन उपभोक्ता समूहले आग्रह गरेको छ । – रासस

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : ३३ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ