एमाले विवाद : खनाल-नेपाल समूहका सांसद सामूहिक राजीनामाको तयारीमा « Khabarhub

एमाले विवाद : खनाल-नेपाल समूहका सांसद सामूहिक राजीनामाको तयारीमा


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  विभाजनको संघारमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामाको तयारी गरेका छन् ।

प्रत्यक्ष निर्वाचित २२ सांसदको सो समूहले सामूहिक राजीनामाका लागि हस्ताक्षर समेत तयारी अवस्थामा राखेको निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले विधि मिच्दै पार्टीमा एकलौटी तवरबाट अघि बढेको ठहर गरेको खनाल-नेपाल समूहले उनलाई सुध्रनका लागि भन्दै अन्तिम मौका दिएको छ । आज दिनभरसम्म ओलीले लचकता नदेखाए बेलुकीसम्म सामूहिक राजीनामा बुझाउने तयारी खनाल-नेपाल समूहको छ ।

राजीनामा बुझाउनअघि स्थायी कमिटी सदस्यहरूबीच भर्चुअल माध्यमबाट छलफल हुने नेता युवराज ज्ञवालीले जानकारी दिए ।

शनिबार राति त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने निर्णय पनि गरेको नेता झपट रावलले बताए ।

पार्टी एकता जोगाउन आज वरिष्ठ नेता नेपालसहितको शीर्ष नेतृत्व जुट्ने र त्यसमा सफल नभए सामूहिक राजीनामा दिएर ओलीको विश्वासको मत फेल गराउने रणनीति यो समूहको छ । ओलीले सोमबार संसदमा विश्वासको मत लिँदैछन् ।

साविकको नेकपा हुँदा पदीय व्यवस्थापन हुन नसकेर शुरू भएको विवाद पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि वारपारको अवस्थामा पुगेको थियो । त्यसपछिका दुई महिनासम्म प्रचण्डसहितको गुटमा ओलीविरूद्ध संघर्ष गरेका खनाल-नेपाल समूह फागुन २३ मा एमाले र माओवादी केन्द्र व्यूताएपछि एमालेमा पनि संघर्षरत छन् ।

साविक नेकपा हुँदा आफूविरूद्ध लागेको समूहलाई किनारा लगाउँदै ओलीले फागुन २७ मा रामबहादुर थापा बादल,  लेखराज भट्ट, टोपबहादुर रायमाझीसहितका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन तथा खनाल-नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि एमाले विभाजनको संघारमा छ ।

फागुन २७ को निर्णय सच्चिनु पर्ने खनाल-नेपाल समूहको अडान छ । तर उक्त निर्णय सच्याउन नसकिने ओलीले अडान लिँदै आएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : २६ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण