आगलागीमा घाइतेको उपचारका क्रममा मृत्यु « Khabarhub

आगलागीमा घाइतेको उपचारका क्रममा मृत्यु


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- सोमबार राति आगलागीमा परी घाइते भएकी यहाँकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया तनमाया सापकोटाको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार सापकोटाको झापाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेकामा गएराति १ बजे चिकित्सकहरूले सापकोटालाई मृत घोषित गरेको हो ।

आगलागीमा सापकोटा गम्भीर घाइते भएकी थिइन् । आगलागीमै घाइते भई उपचाररत तनमायाका छोरा दीननाथ र नाती मदन सापकोटाको समेत सोही अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरू सबै काजकृयामा बसेका बखत ग्याँस चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १२ : ४५ बजे

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन