राजदूत भण्डारी र कुवेतका विदेश सहायक मन्त्रीबीच भेटवार्ता « Khabarhub

राजदूत भण्डारी र कुवेतका विदेश सहायक मन्त्रीबीच भेटवार्ता


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले र कुवेतका सहायक विदेशमन्त्री माज्दी अहमद इब्राहिम अल–धाफिरीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार कुवेतको परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरु बीच नेपाल-कुवेत बीच रही आएको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा कुराकानी भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त अवसरमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण, कुवेत र नेपालमा संक्रमणको हालको अवस्थालगायत संक्रमण रोकथाम तथा उपचारको क्षेत्रमा दुई देशबीच आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

नेपाली कामदारहरूले कुवेतको श्रम बजारमा प्राप्त गरेको रोजगारीको अवसर तथा यस क्षेत्रमा पुर्‍याएको योगदान, रोजगारीको सुरक्षा र हालको अवस्थालगायत थप अवसरहरूमा नेपालीहरूको संलग्नता अभिवृद्धि गर्दै लाने विषयमा पनि छलफल भएको दूतावासले जनाएको छ ।

साथै, कोभिड-१९ को संक्रमणको अवस्थालाई मध्येनजर गर्दै दुई देशबीचको आवतजावतलाई थप सहज बनाउँदै लैजाने विषयमा पनि कुराकानी भएको थियो । भेटमा कुवेत सरकार, परराष्ट्र मन्त्रालय तथा नेपाली दूतावासका अन्य अधिकारीको पनि सहभागिता थियो ।

गत महिना मात्र नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर तीव्र भएपछि नेपालमा अक्सिजनलगायत स्वास्थ्य सामग्रीको अभावलाई लिएर सहयोग जुटाउन कुवेत रेड क्रिसेन्ट सोसाइटीका अध्यक्ष डा. हिलाल अल सयेरसंग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  २ : १४ बजे

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन