ज्वाला बलिरहने नाबिस्थान मन्दिर निर्माण हुँदै « Khabarhub

ज्वाला बलिरहने नाबिस्थान मन्दिर निर्माण हुँदै


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेखको प्रसिद्ध तीर्थस्थल मानिएको दुईवटा ज्वाला निरन्तर बलिरहने पञ्चकोशीधाममध्येको एक शक्तिपीठ नाबिस्थान मन्दिरको पुनः निर्माण कार्यको काम थालिएको छ । पुरातत्व विभागबाट रु ४० लाख रकम विनियोजन भएपछि नाबिस्थान मन्दिर पुनःनिर्माण हुन लागेको हो ।

निषेधाज्ञाको समयमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निर्माण कम्पनीले मन्दिर निर्माण कार्य थालनी गरेको छ । मन्दिर निर्माणको जिम्मा पुष्प निर्माण कम्पनीले पाएको छ ।

लामो समयसम्म पुनः निर्माण हुन नसक्दा धार्मिक र ऐतिहासिक महत्व बोकेको मन्दिर जीर्ण हुँदै भत्किने अवस्थामा पुगेका बेला मन्दिरलाई पुनः बनाउन लागेको देख्दा निकै खुशी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिए । मन्दिर पुरानै शैलीमा निर्माण गरिने निर्माण कम्पनीका ठेकेदार मथुराप्रसाद जैसीले जानकारी दिए ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आगामी असार मसान्तसम्म मन्दिर निर्माण कार्य सम्पन्न गरिने पनि उनले बताए । डिपिआर मन्दिर व्यवस्थापन समितिले गरेको सोही अनुसार निर्माण कम्पनीले निर्माण गर्ने व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिए ।

उनका अनुसार मन्दिर पुरानै शैलीमा काठको कलात्मक ढाँचा र ढुङ्गामाटो प्रयोग गरी छाना पुरानै झिङ्गटीले छाइनेछ । स्टिमेटअनुसार धमाधम काम भइरहेको र सम्झौता समयावधिभित्रै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।

नाबिस्थान मन्दिर यहाँको प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चकोशीधाममध्येको एक शक्ति पीठ मानिन्छ । दैलेखको पवित्र तीर्थस्थलले परिचित पञ्चकोशीधामअन्तर्गतमा श्रीस्थान, नाबिस्थान, पादुका, धुलेश्वर र कोटिला मन्दिरलाई सूचीकृत गरिएको छ । सो मन्दिरमा अनवरत रुपमा सदियौँदेखि दुई ज्वाला निरन्तर बलिरहेका छन् भने धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य पनि रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ३ : २० बजे

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन