कांग्रेसको महाविधेशन भदौमा नै हुन्छ : सभापति देउवा  « Khabarhub

कांग्रेसको महाविधेशन भदौमा नै हुन्छ : सभापति देउवा 


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी भदौमा कांग्रेस महाविधेशन हुने बताएका छन् ।

तोकिएको मितिमा महाविधेशन हुने वा नहुने अन्यौलमा रहेका बेला सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीकै‍बीचमा भएपनि आगामी भदौमा नै महाविधेशन हुने बताएका हुन् ।

‘विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान भएको भन्दै सभापति देउवाले भनेका छन्,‘पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवाले महाविधेश गर्न नचाहेको आरोप लगाएका बेला सभापति देउवाले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति गलत रहेको बताएका छन् ।

महाविधेशनका लागि अब धेरै समय नरहेको भन्दै सभापति देउवाले असार र साउनभित्र सबै तयारी पूरा गर्नुपर्ने बताएका छन् ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ५ : ४६ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन