ईपीएलको ट्रफी सार्वजनिक (भिडियोसहित) « Khabarhub

ईपीएलको ट्रफी सार्वजनिक (भिडियोसहित)


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ ।

आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने ईपीएलको सोमबार ट्रफी सार्वजनिक गरिएको हो ।

आईसीसी क्रिकेट वर्ल्ड कपको ट्रफी बनाउने कम्पनीले नै ईपीएलको ट्रफी बनाएको आयोजकको भनाइ छ । ट्रफीका लागि ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ । यस पटक काठमाडौं किंग्स ११ ले पाकिस्तानका शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ ।

हेरौँ भिडियो

कोरोनाको महामारीमा पनि खेलकुदलाई उचाइमा पुर्‍याउन आफुहरु ईपीएलसंग जोडिएको व्यवसायी शेखर गोल्छाले बताए । उनले यो प्रतियोगिता नेपालकै ठूलो प्रतियोगिता भएको बताए ।

ईपीएलमा चितवन टाइगर्सले पनि पाकिस्तानकै डानिस अजिजलाई अनुबन्ध गरेको छ । २०२० मै हुने भनिएको ईपीएलको चौथो संस्करण कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट मान्यता प्राप्त ईपीएलमा विश्व क्रिकेटका नाम चलेका खेलाडी समेत सहभागीले आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना