भारतबाट वर्षमा नेपाल भित्रियो ८ लाख टन कोइला « Khabarhub

भारतबाट वर्षमा नेपाल भित्रियो ८ लाख टन कोइला


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले चालू आर्थिक वर्षमा नेपाललगायत छिमेकी देशमा ८ लाख टन कोइला निर्यात गरेको छ । निर्यात गरिएको कूल परिणाममध्य सबैभन्दा बढी अर्थात ७७ दशमलब २० प्रतिशत नेपाल भित्रिएको छ ।

भारतको कोइला मन्त्रालयको तथ्यांकअनुसार नेपालपछि वंगलादेशमा धेरै कोइला निर्यात भएको छ । वंगलादेशमा कूल परिणामको १३ दशमलब ४ प्रतिशत निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

उत्पादनभन्दा माग बढी भएकोले आपूर्तिमा कठिनाई भएको मन्त्रालयले जनाएको छ । ‘माग बमोजिम आपूर्तिमा कठिनाई भए पनि भारतले आर्थिक वर्ष ०२०/०२१ मा आफ्ना छिमेकी मुलुकमा गुणस्तीय कोइला निर्यात गरेको छ ,’ मन्त्रालयले भनेको छ ।

प्रर्याप्त कोइला खानीका बाबजुद उत्पादित कोइलाले माग धान्न कठिनाइ भएको मन्त्रालयले जनाएको छ । भारतले उच्च गुणस्तरको कोइला आपूर्ति सिमित भएको पनि स्वीकारेको छ । माग र आपूर्ति संतुलित पार्न तथा गुणस्तीय कोइला उत्पादन गर्न अन्य मुलुकबाट खरानी कम भएको कोइला आयात गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । भारतले विभिन्न देशबाट कच्चा कोइला आयात गर्छ । न्यूज कारखानाबाट

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ११ : ४८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको