नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै « Khabarhub

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

उज्वेकिस्तानमा हुने एएफसी एशिया कप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेल हुन लागेको हो । बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेललाई नेपालले खेलाडीको स्तर परीक्षणका रुपमा लिएको छ ।

आज भएको प्रि म्याच कन्फरेन्समा बोल्दै नेपलाी टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिपले खेलका लागि तयार रहेको बताए । कोभिडका कारण परिस्थिति अनुकुल नभएको समयमा खेल्न पाउनु ठुलो अवसर भएको उनको भनाइ छ । पछिल्लो ६ सातादेखि टिम बन्द प्रशिक्षणमा रहेको भन्दै ग्यारीले टिममा आन्तरिक प्रतिस्पर्धा तीव्र रहेको बताए । प्रतिस्पर्धा तीव्र हुदा टिमलाइ फाइदा हुने उनको भनाइ थियो ।

उज्वेकिस्तान जानु अघि टिममा के कमजोरी छ भन्ने थाहा पाउन मैत्रीपूर्ण खेलले महत्वपूर्ण भूमिका खेल्ने ग्यारीले बताएका छन् । स्टार स्ट्राइकर सावित्रा भन्डारीको अनुपस्थिति खड्किने उनले बताए ।

आफूसँग उत्कृष्ट २३ खेलाडी रहेको प्रशिक्षक ग्यारीको भनाइ छ । बंगलादेशका प्रशिक्षक गोबान रोब्बानीले यस्तो कठिन समयमा फिफाको क्यालेन्डर अनुसार खेल आयोजना गरेकोमा अखिल नेपाल फुटबल संघ एनफालाई धन्यवाद दिए ।

उनले आफ्नो टिममा अधिकांश खेलाडी उमेर समूहका रहेको र उनीहरु बीच राम्रो तालमेल रहेको बताए । नेपाल दक्षिण एशीयाको एक उत्कृष्ट टिम भएको भन्दै भोलिको खेल प्रतिस्पर्धात्मक र रोमान्चक हुने उनको विश्वास छ । रोब्बानी भन्छन् सावित्रा टिमा नहुनु बंगलादेशका लागि पनि दुःखद हो । सावित्रा नभएपछि डिफेन्डरले खुलेर खेल्ने उनको भनाइ छ । बंगलादेशकी कप्तान सविना खातुनले नेपालसँगको प्रतिस्पर्धाका लागि तयार रहेको जनाइन् ।

नेपालले बंगलादेशसँग अहिलेसम्म हार बेहोरेको छैन । दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे शुरु हुनेछ । खेलका लागि २ र ५ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । यो पुस्ताको महिला टिमले पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।

दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । त्यसपछि नेपाल उज्वेकिस्तान जानेछ । नेपालले छनोट खेलमा १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ म हङकङसँग खेल्नेछ । नेपाल सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ११ : ५५ बजे

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु