नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै | Khabarhub Khabarhub

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

उज्वेकिस्तानमा हुने एएफसी एशिया कप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेल हुन लागेको हो । बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेललाई नेपालले खेलाडीको स्तर परीक्षणका रुपमा लिएको छ ।

आज भएको प्रि म्याच कन्फरेन्समा बोल्दै नेपलाी टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिपले खेलका लागि तयार रहेको बताए । कोभिडका कारण परिस्थिति अनुकुल नभएको समयमा खेल्न पाउनु ठुलो अवसर भएको उनको भनाइ छ । पछिल्लो ६ सातादेखि टिम बन्द प्रशिक्षणमा रहेको भन्दै ग्यारीले टिममा आन्तरिक प्रतिस्पर्धा तीव्र रहेको बताए । प्रतिस्पर्धा तीव्र हुदा टिमलाइ फाइदा हुने उनको भनाइ थियो ।

उज्वेकिस्तान जानु अघि टिममा के कमजोरी छ भन्ने थाहा पाउन मैत्रीपूर्ण खेलले महत्वपूर्ण भूमिका खेल्ने ग्यारीले बताएका छन् । स्टार स्ट्राइकर सावित्रा भन्डारीको अनुपस्थिति खड्किने उनले बताए ।

आफूसँग उत्कृष्ट २३ खेलाडी रहेको प्रशिक्षक ग्यारीको भनाइ छ । बंगलादेशका प्रशिक्षक गोबान रोब्बानीले यस्तो कठिन समयमा फिफाको क्यालेन्डर अनुसार खेल आयोजना गरेकोमा अखिल नेपाल फुटबल संघ एनफालाई धन्यवाद दिए ।

उनले आफ्नो टिममा अधिकांश खेलाडी उमेर समूहका रहेको र उनीहरु बीच राम्रो तालमेल रहेको बताए । नेपाल दक्षिण एशीयाको एक उत्कृष्ट टिम भएको भन्दै भोलिको खेल प्रतिस्पर्धात्मक र रोमान्चक हुने उनको विश्वास छ । रोब्बानी भन्छन् सावित्रा टिमा नहुनु बंगलादेशका लागि पनि दुःखद हो । सावित्रा नभएपछि डिफेन्डरले खुलेर खेल्ने उनको भनाइ छ । बंगलादेशकी कप्तान सविना खातुनले नेपालसँगको प्रतिस्पर्धाका लागि तयार रहेको जनाइन् ।

नेपालले बंगलादेशसँग अहिलेसम्म हार बेहोरेको छैन । दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे शुरु हुनेछ । खेलका लागि २ र ५ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । यो पुस्ताको महिला टिमले पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।

दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । त्यसपछि नेपाल उज्वेकिस्तान जानेछ । नेपालले छनोट खेलमा १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ म हङकङसँग खेल्नेछ । नेपाल सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ११ : ५५ बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन