२७ भदौको स्थानीय तहको अधिवेशन स्थगित गर्ने पौडेलको प्रस्ताव « Khabarhub

२७ भदौको स्थानीय तहको अधिवेशन स्थगित गर्ने पौडेलको प्रस्ताव


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न प्रस्ताव गरेका छन् । बिहीबार बिहान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पौडेलले अधिवेशन सार्न प्रस्ताव गरेका हुन् ।

क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लाका वडा अधिवेशन हुन नसकेको भन्दै वडा अधिवेशन नगरी स्थानीय तह अधिवेशन नगर्न उनको प्रस्ताव छ । विवादमा रहेका २१ मध्ये सभापति देउवाको गृहजिल्ला डडेलधुराका वडा अधिवेशन २५ भदौमा गर्ने तयारी भए पनि हालसम्म निश्चित भइसकेको छैन ।

पौडेलको प्रस्तावमा देउवा पनि सकारात्मक रहेका कारण पालिका अधिवेशन सर्ने निश्चितजस्तै भएको पौडेलले जानकारी दिए । उनका अनुसार देउवा ५ असोजमा हुने क्षेत्रीय अधिवेशनको मिति प्रभावित नहुने गरी स्थानीय तह अधिवेशन सार्न सकारात्मक बनेका छन् ।

यसैबीच, आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी कांग्रेस नेता विमलेन्द्र निधिले बुधबार देउवालाई पत्र लेख्दै क्रियाशील सदस्यता विवाद टुंगो लगाएर मात्र पालिका अधिवेशन गर्न आग्रह गरेका थिए । बुधबार नै अर्का नेता शेखर कोइरालाले पनि वडा अधिवेशन नसकिएसम्म पालिका अधिवेशन गर्न नसकिने भन्दै कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १ : ३० बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज