एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी « Khabarhub

एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार काठमडौँ आइपुगेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रतिनिधिमण्डलले भेटवार्ता सुरु गरेको छ ।

एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौंमा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सुरु गरेको हो । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र एमसीसी प्रतिनिधिमण्डलबीच ओली निवास बालकोटमा वार्ता भइरहेको छ।

एमसीसी र नेपालबीच भएको ५ सय मिलियन अनुदानको सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने विषयमा काठमाडौँमा दलहरु विभाजन भइरहेका बेला एमसीसीको प्रतिनिधिमण्डल आइपुगेको हो । सत्तारुढ गठबन्धनमा पनि एमसीसीबारे समान धारणा छैन । सरकारमा रहँदा ओली एमसीसीका पक्षमा दृढ देखिए पनि विपक्षीको हैसियतमा पुगेपछि भने फरक कुरा गर्दै आएका छन् ।

यो भेटले एमसीसीबारे एमालेको पोजिसन स्पष्ट पार्ने अपेक्षा गरिएको छ । एमाले भित्र उपाध्यक्ष भीम रावललायतका नेताहरु भने एमसीसीको विपक्षमा स्पष्ट रुपमा उभिएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  २ : ३१ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार