एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी « Khabarhub

एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार काठमडौँ आइपुगेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रतिनिधिमण्डलले भेटवार्ता सुरु गरेको छ ।

एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौंमा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सुरु गरेको हो । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र एमसीसी प्रतिनिधिमण्डलबीच ओली निवास बालकोटमा वार्ता भइरहेको छ।

एमसीसी र नेपालबीच भएको ५ सय मिलियन अनुदानको सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने विषयमा काठमाडौँमा दलहरु विभाजन भइरहेका बेला एमसीसीको प्रतिनिधिमण्डल आइपुगेको हो । सत्तारुढ गठबन्धनमा पनि एमसीसीबारे समान धारणा छैन । सरकारमा रहँदा ओली एमसीसीका पक्षमा दृढ देखिए पनि विपक्षीको हैसियतमा पुगेपछि भने फरक कुरा गर्दै आएका छन् ।

यो भेटले एमसीसीबारे एमालेको पोजिसन स्पष्ट पार्ने अपेक्षा गरिएको छ । एमाले भित्र उपाध्यक्ष भीम रावललायतका नेताहरु भने एमसीसीको विपक्षमा स्पष्ट रुपमा उभिएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  २ : ३१ बजे

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस

आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा

काठमाडौं– सरकारले आठजना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’ सम्म नियमन, भ्रम छरे क्षतिपूर्ति

काठमाडौं- विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने