दसैंलाई कोसेली भाँगो र डल्ले खुर्सानी « Khabarhub

दसैंलाई कोसेली भाँगो र डल्ले खुर्सानी


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा–रोजगारीका लागि आएका दोलखाका कवि न्यौपाने दसैं मान्न यो वर्ष काठमाडौं जाँदैछन् । सिवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका न्यौपानेले दसैं मान्न घर जानेबेला बाबुलाई सोधे, ‘कोसेली के ल्याउँ बुबा ?’ न्यौपानको प्रश्नमा बाबुको जवाफ आयो, ‘शालिग्राम पाइन्छ भने ल्याउनु, भाँगो र डल्ले खुसार्नी नभुल्नु है ।’

बागलुङमा उत्पादन हुने भाँगोको अचार खाएका जोकोहीले कोसेलीमा भाँगोकै आशा गर्छन् । परिवारकै सल्लाहअनुसार कविले एक वर्षका लागि पुग्ने भाँगो खरिद गरेर झोलामा राखेको बताए । झोला भरिने गरी भाँगो र खुर्सानी कविले राखेका छन् । ‘बुबाको इच्छानुसारको शालिग्राम खोज्न त भ्याइन तर कोसेलीमा भाँगो र डल्ले खुसार्नी लैजाँदै छु’, न्यौपानले भने, ‘यहाँको लोकल केरा पनि हामीले लैजान योग्य छ । काठमाडौँमा लोकल केरा देख्नै पाइँदैन ।’

उनले बागलुङको ताराखोला र ढोरपाटनमा फलेको आलु पनि कोसेली हुनसक्ने बताए । ‘हाम्रो घरमा दोलखाको आलु आउने भएकाले मैले नलाने भएँ, तर यहाँको अर्गानिक आलु कोसेली गज्जब हुन्छ’, उनले भने, ‘डल्ले खुसार्नी अन्तको पनि खाएको छु, तर यहाँको स्वाद बिर्सिन नसक्नु भएर तीन किलो हिँडाए ।’

चार दिनको कामका लागि बागलुङ आएका चितवनका प्रेमनाथ वाग्लेलाई परिवारले घरबाट निस्कने बेला बागलुङको भाँगो ल्याउनु भनेका थिए । शनिबार काम सकेर घर फर्किंदै गरेका वाग्लेले पनि कोसेलीमा भाँगो र स्थानीय जातको केरा तयार पारेको बताए । ‘अरु त यहाँको अर्गानिक जे पाइन्छ त्यही लैजाने हो, दसैँको बेला छ भाँगो र केरा त तयार गरिसकेँ’, उनले भने । केन्द्रीय बचत तथा ऋण सहकारी सङ्घका वरिष्ठ कार्यक्रम अधिकृत वाग्ले बेलाबेलामा बागलुङ आउँदा कोसेलीमा भाँगो लैजान छुटाउदैनन् । आलु र खुसार्नी पनि वाग्लेको झोलामा प्याक भइसके । ‘यहाँ आएर फर्किंदा बागलुङमै फलेको खानेकुरा कोसेली आओस् भन्ने परिवारको आश हुन्छ, बजारमा सजिलै पाइने वस्तु नै हामीले लाने हो’, वाग्लले भने ।

मुस्ताङको सिमीको दाल पनि बागलुङबाट बाहिरिनेको कोसेली हुने गरेको छ । सीप विकास तालिम केन्द्र पर्वतमा काम गर्ने बीना शर्मा दसैँ मान्न काठमाडाैं जाँदै छन् । वर्षमा एकपटक घर जाँदा शर्माले कोसेली लैजाने भाँगो बागलुङबाट पर्वत मगाएका छन् । उनले ताराखोले आलु र मुस्ताङको स्याउ कोसेलीमा लैजाँदै छन् । दसैँ सुरु भएयता बागलुङ बजारमा भाँगो, केरा, आलु र खुसार्नी खोज्ने धेरै देखिन थालेका छन् । ‘पहिलेभन्दा बढी भाँगोको खोजी भइरहेको छ मेरो पसलमा राखेको दुई बोरा भाँगो सकियो, ताराखोलाको आलु त पुर्‍याउनै सकिएन’, आचार्य किरानाका सञ्चालक टंक आचार्यले भने, ‘जिल्ला बाहिर जाने धेरैले गाउँमा फलेको के छ भनेर सोध्छन् ।’ बागलुङ बजारमा भाँगो प्रतिकिलो ४०० रुपैयाँमा बिक्री भइरहेको छ । स्थानीय जातको केरा १२० रुपैयाँ दर्जन, हरियो डल्ले खुसार्नी १०० रुपैयाँ किलो र ताराखोला, ढोरपाटनको आलु ७५ देखि १०० रुपैयाँसम्म पर्ने गरेको छ ।

बागलुङमा यी उत्पादनको लेबल भने बनेको छैन । त्यसैले उपभोक्ताले खुलारुपमै लैजाने गरेका छन् । जाने बुझेकाले खुला लैजान मन पराए पनि सबैलाइ चिनाउन भने प्याकिङ आर्कषक चाहिने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘हामीले पनि चासो राखेकै छौँ, तर आकर्षक प्याक र लेबलका लागि घरेलुलगायतका संस्थाले तालिम दिनसके राम्रो हुन्थ्यो’, उनले भने । लेबल बनाएमा किसानले उत्पादन गरेका सामान मूल्य अझै बढाएर बेच्नसक्ने उनको भनाइ छ । मूल्यमा एकरुपता र बागलुङको चिनारी आवश्यक रहेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : ४२ बजे

नेपालको औद्योगिक क्षेत्र : ७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा भने घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन

औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्

काठमाडौं– औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको

समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका,

विल स्मिथविरुद्ध यौन दुर्व्यवहार र प्रतिशोधको मुद्दा दायर

काठमाडौं– अमेरिकी अभिनेता तथा र्‍यापर विल स्मिथ माथि भायोलिनिष्ट ब्रायन

माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

मुस्ताङ– सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ