ओमानमा गैरकानुनी रुपमा कार्यरत नेपालीले जरिवाना नतिरी स्वदेश फर्कने पाउने « Khabarhub

ओमानमा गैरकानुनी रुपमा कार्यरत नेपालीले जरिवाना नतिरी स्वदेश फर्कने पाउने


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकको श्रम गन्तब्य रहेको ओमानले गैरकानुनी रुपमा बसेका नेपालीहरुलाई बिना जरिवाना घर फर्किन पाउने अवसर दिएको छ ।

ओमानस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै ओमानमा विभिन्न समयदेखि भिसा नवीकरण नगरी वा बिना जानकारी आफ्नो रोजगारदाता छोडी गैरकानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिक बिना जरिवाना स्वदेश फर्कन सक्ने जनाएको छ ।

दूतावासका अनुसार आफ्नो रोजगारदाता कम्पनीको सम्पर्क बाहिर रहेका तथा भिसा र राहदानीको म्याद सकिएकाहरूलाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन भनेको छ ।

ओमानमा रहेका नेपाली श्रमिकले पनि यसको फाइदा लिन सक्नेछन् । यो अवसरको फाइदा लिएर जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन ओमानमा अलेखबद्ध भएका नेपाली श्रमिकलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यसबारे थप जानकारीका लागि दूतावासले ७१५९२५०६ मा सम्पर्क गर्न आग्रह गरेको छ । ओमान सरकारले त्यहाँको श्रम मन्त्रालयको स्वीकृति लिएर ३१ डिसेम्बरसम्ममा ओमान छाड्न सक्ने अवसर दिएको छ ।

यो अवसरको सदुपयोग गर्दै अहिलेसम्म ५० जना नेपाली स्वदेश फर्किसकेका छन् । तर आपराधिक गतिविधिमा संलग्न भई रोजगारदाता कम्पनीले प्रहरीमा उजुरी गरेकाहरूको हकमा भने यो प्रक्रिया लागु नहुने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ४५ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै