ओमानमा गैरकानुनी रुपमा कार्यरत नेपालीले जरिवाना नतिरी स्वदेश फर्कने पाउने « Khabarhub

ओमानमा गैरकानुनी रुपमा कार्यरत नेपालीले जरिवाना नतिरी स्वदेश फर्कने पाउने


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकको श्रम गन्तब्य रहेको ओमानले गैरकानुनी रुपमा बसेका नेपालीहरुलाई बिना जरिवाना घर फर्किन पाउने अवसर दिएको छ ।

ओमानस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै ओमानमा विभिन्न समयदेखि भिसा नवीकरण नगरी वा बिना जानकारी आफ्नो रोजगारदाता छोडी गैरकानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिक बिना जरिवाना स्वदेश फर्कन सक्ने जनाएको छ ।

दूतावासका अनुसार आफ्नो रोजगारदाता कम्पनीको सम्पर्क बाहिर रहेका तथा भिसा र राहदानीको म्याद सकिएकाहरूलाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन भनेको छ ।

ओमानमा रहेका नेपाली श्रमिकले पनि यसको फाइदा लिन सक्नेछन् । यो अवसरको फाइदा लिएर जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन ओमानमा अलेखबद्ध भएका नेपाली श्रमिकलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यसबारे थप जानकारीका लागि दूतावासले ७१५९२५०६ मा सम्पर्क गर्न आग्रह गरेको छ । ओमान सरकारले त्यहाँको श्रम मन्त्रालयको स्वीकृति लिएर ३१ डिसेम्बरसम्ममा ओमान छाड्न सक्ने अवसर दिएको छ ।

यो अवसरको सदुपयोग गर्दै अहिलेसम्म ५० जना नेपाली स्वदेश फर्किसकेका छन् । तर आपराधिक गतिविधिमा संलग्न भई रोजगारदाता कम्पनीले प्रहरीमा उजुरी गरेकाहरूको हकमा भने यो प्रक्रिया लागु नहुने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ४५ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा