बस्नेत र लिम्बूलाई ‘लोकनाथ–विष्णुमाया स्मृति’ पुरस्कार « Khabarhub

बस्नेत र लिम्बूलाई ‘लोकनाथ–विष्णुमाया स्मृति’ पुरस्कार


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको देउमाइ नगरपालिका–१ चमैंतास्थित डम्बर देबी उच्च माध्यमिक विद्यालयले लोकनाथ–विष्णुमाया स्मृति पुरस्कार वितरण गरेको छ।

शैक्षिक सत्र २०७७ सालको एसईई परीक्षामा राम्रो नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगद तथा प्रमाण पत्रसहित पुरस्कृत गरिएको हो।

नेपाली विषयतर्फ सबैभन्दा बढी जीपीए ल्याउने छात्रा टीकादेबी बस्नेत र छात्र सन्तोष लिम्बूलाई ‘लोकनाथ-बिष्णुमाया स्मृति पुरस्कार’ दिइएको हो ।

दुई वर्षअघि स्थापित लोकनाथ विष्णुमाया स्मृति अक्षयकोषका संस्थापक देनपा–१ चमैंता निवासी धनपति भट्टराईले विद्यार्थीद्वय बस्नेत र लिम्बूलाई पुरस्कार वितरण गरे ।

आफ्ना दिवंगत माता पिता लोकनाथ-बिष्णुमायाको स्मृतिमा स्थानीय धनपति भट्टराईले विद्यालयलाई एक लाख रुपैयाँ प्रदान गरी अक्षयकोष खडा भएको हो।

यो पुरस्कार गत शैक्षिक वर्ष २०७६ मा पुस्पा बस्नेत र अनुराग सुवेदीले प्राप्त गरेका थिए।

नेपाली भाषाप्रति विद्यार्थीको घट्दो आकर्षणलाई मध्यनजर गरी नेपाली भाषा पठन र लेखनमा प्रोत्साहित गर्ने उद्देश्यले अक्षयकोषमार्फत् हरेक वर्ष यो पुरस्कार वितरण गरिनेछ।

यसैगरी, गत एसईई परीक्षामा सबै भन्दा बढी जीपीए ल्याउने छात्र दपिेश धमला र छात्रा पेमु शेर्पालाई ‘मानदेव स्मृति पुरस्कार’ संस्थापक घनश्याम बस्नेतद्वारा प्रदान गरियो।

यस्तै, विधालयका पूर्वशिक्षक डिकबहादुर बस्नेतले प्रदान गरेको नगद पुरस्कार कक्षा १२ मा सबैभन्दा बढी जीपीए ल्याउने नारायण मगरले प्राप्त गर्न सफल भए।

यसै शैक्षिक सत्रमा कक्षा प्रथम, दोस्रो र तेस्रो हुने सबै कक्षाका विद्यार्थीहरुलाई विद्यालयको आन्तरिक पुरस्कारले पुरस्कृत गरियो।

देउमाइ नगरपालिकाका वडा सदस्य डिल्लीप्रसाद राईको प्रमुख आतिथ्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर राईको विशेष आतिथ्य र प्रधानाध्यापक केन्द्र बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ४९ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको