निर्मलाको ह्याट्रिकमा ललितपुर सेमिफाइनलमा « Khabarhub

निर्मलाको ह्याट्रिकमा ललितपुर सेमिफाइनलमा


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय खेलाडी निर्मला विकको ह्याट्रिकको मद्दतमा ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एन्फा मुख्यालयको मैदानमा मंगलबार भएको खेलमा ललितपुरले झापाको शिवसताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

ललितपुरको जितमा नेपाल पुलिस क्लबकी स्ट्राइकर समेत रहेकी निर्मलाले ह्याट्रिक गर्दा मनिषा सेनले एक गोल गरिन् । ह्याट्रिककर्ता निर्मला विक खेलको प्लेअर अफ दि म्याच घोषित भइन । उनले पाँच हजार रुपैंयाँसहित ट्रफी प्राप्त गरिन । ललितपुरले सेमिफाइनल प्रवेशका लागि झापाको कनकाई नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

आजको अन्तिम तथा दोस्रो खेल बर्दियाको बाँसगढी नगरपालिका र धनगढी उपमहानगरपालिबीच भइरहेकाे छ । प्रतियोगिताको विजेता र उपविजेता राष्ट्रिय महिला लिगमा छनोट हुनेछ । यस प्रतियोगिताको विजेताले पाँच लाख पाउँदा उपविजेताले दुई लाख ५० हजार पाउँनेछन् ।

राष्ट्रिय महिला लिगमा तीन विभागीय क्लब (नेपाल पुलिस, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकासहित आठ क्लबको सहभागीता रहनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : ०१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र