कांग्रेस उदयपुर प्रदेशसभा १ (ख) मा सरोज बस्नेतको प्यानल घोषणा « Khabarhub

कांग्रेस उदयपुर प्रदेशसभा १ (ख) मा सरोज बस्नेतको प्यानल घोषणा


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– कांग्रेस उदयपुर प्रदेश सभा १ (ख) मा सरोज बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ । ३ मंसिरमा हुने कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभा अधिवेशनका लागि बस्नेतले उम्मेदवारी घोषणा गरेका हुन् । उनी नेपाली कांग्रेस त्रियुगा नगर समितिमा दुई कार्यकाल सभापति भइसकेका छन् ।

प्रदेश सभा १ (ख) को उपसभापतिमा उद्धवबहादुर राउत, चन्द्रबहादुर तामाङ सचिवमा फिरन खड्का, कुवेर ग्रान्जा मगर, सहसचिवमा लक्ष्मणप्रसाद भट्टराई, अर्चना दनुवारले उम्मेदवारी घेषणा गरेका छन् ।

प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला साततर्फ उद्धवकुमार थापा, संजीवकुमार केसी, विश्वराज तामाङ, राजन ढकाल, केशर बुढाथोकी, दोधकुमार राई र भरतकुमार दाहालले उम्मेदवारी घोषणा गरेका छन् । यता, महिला खुला तीततर्फ गोमाकुमारी बस्नेत राउत, इच्छा रिजाल, रिता कार्की खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।

खस आर्य पुरुषतर्फ नरेश ढकाल, महिलामा गोमा कटुवाल, जनजाति पुरुषतर्फ भक्तबहादुर मगर, जनजाति महिलातर्फ मिराहाङ्ग वान्तावा, थारु प्रतिनिधिमा सत्यनारायण चौधरी र दलित प्रतिनिधिमा ध्रुब साह सोनारले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रीय कार्यसमितिमा निर्वाचित हुने तीन सदस्यतर्फ दुर्गा कठायत, अर्जुन कटुवाल र मिना दनुवारको नाम घोषणा गरिएको छ ।

उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा खगेन्द्र राई, सचिवमा सन्तोष कोइराला र सुशील खत्रील उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ०० बजे

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा