कमेडियन विक्की अग्रवाललाई मातृशोक « Khabarhub

कमेडियन विक्की अग्रवाललाई मातृशोक


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’का फस्ट रनर अप विक्की अग्रवाललाई मातृशोक परेको छ । उनको आमा दुर्गा अग्रवालको सोमबार काठमाडौंमा निधन भएको हो ।

विक्कीको भनाई उदृत गर्दै पत्रकार प्रभात लामाले जनाए अनुसार उनको आमालाई मधुमेह र कम रक्तचापको समस्या थियो । उनी छोरालाई भेट्नकै लागि सिक्किमबाट भाइटीकाको अघिल्लो दिन काठमाडौं आइपुगेकी थिइन् ।

‘एक कार्यक्रमको लागि आयोजकसँग कुराकानी गर्न विक्कीजी आमालाई कोठामा छोडेर बाहिर निस्कनु भएको रहेछ’, प्रभातले भने, ‘फर्किएर आउँदा आमालाई बेहोस अवस्थामा देखेपछि मेडिकेयर अस्पतालमा लैजानुभएछ । त्यहाँ जाँदा डाक्टरले मृत घोषणा गरेका रहेछन् ।’

दुर्गाको निधनको खबर थाहा पाएपछि विक्कीका बुवा र दाजु सिक्किमबाट मंगलबार काठमाडौं आइपुगेका थिए । उनीहरुले दुर्गाको शवलाई दाहसंस्कार गर्न सिक्किम लिएर गएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ४६ बजे

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने