उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा « Khabarhub

उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तर कोरियाले परमाणु हतियार तथा सैन्य क्षमता बिस्तारको घोषणा गरेको छ ।

सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा सर्वोच्च नेता किम जोङ उनले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका हुन् ।

उनले उत्तर कोरियाको सबैभन्दा ‘ठूलो शत्रु’ अमेरिका रहेको पनि बताए । उत्तर कोरियाका लागि अमेरिकी सत्तामा आउने फेरबदलले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताए ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्न केही दिन बाँकी रहेकाबेला आएको किमको टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

आउँदै गरेको अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बताएका छन् ।

बाइडेनले जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन् ।

नेता किम र बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने विषयमा पटक पटक शिखर वार्ता भए पनि यसले उत्तर कोरिया र अमेरिकी सम्बन्धमा सुधार ल्याउन असफल बनेको थियो ।

वर्कर्स पार्टीको आठौँ कंग्रेसलाई नेता किमले सम्बोधन गर्दै शत्रुशक्तिले आफूविरुद्ध आक्रमण नगरेसम्म परमाणु हतियारको प्रयोग भने नगर्ने बताए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ६ : ०६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु