हातगोडा फुटेमा के गर्ने ? यी हुन् ५ उपाय « Khabarhub

हातगोडा फुटेमा के गर्ने ? यी हुन् ५ उपाय


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिसो मौसममा धेरै मानिसको हातगोडा फुट्ने समस्या हुन्छ । चिसोको कारण छालामा सुख्खापन हुनु, छाला फुट्नु लगायतका कारणले जाडोमा हातगोडा फुट्ने गर्दछ । यस्ता समस्याले अनुहार तथा हातगोडाको सुन्दरतामा ह्रास त आउँछ नै साथै व्यक्तित्वमा पनि प्रभाव पार्दछ ।

जाडोमा हातगोडा फुट्दा त्यसबाट रगत बग्ने गर्दछ र दुखाई बढ्दछ । समयमै उपचार हुन नसके कहिल्यै निको नहुने गरी कुर्कुच्चा सधै कुरुप देखिन सक्छ । यस्ता समस्याबाट बच्न विभिन्न क्रिमका साथै घरेलु विधि पनि उपयोगी हुन्छ ।

१. तातोपानी
राति सुत्नुभन्दा अगाडी तातोपानीमा हातगोडा राम्ररी डुबाउनुहोस् । सो तातोपानीमा ३ चम्चा चिनी राखेर धोएमा छालाका फोहोर सफा हुन्छ । त्यसपछि क्रिम लगाउँदा छाला नरम हुने र फुट्ने समस्या कम हुँदै जान्छ ।

२. मोस्चराइजर क्रिम
नुहाएपछि र राति सुत्नुभन्दा अगाडि अनिवार्य हातगोडामा मोस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ । यदि मोस्चराइजर क्रिम नभए तेलको प्रयोग गर्न सकिन्छ ।

३. जुत्ता
हातगोडा फुट्ने समस्याबाट बच्न जाडोमा दिनभरी जुत्ता लगाउनु समेत प्रभावकारी हुन्छ । तर सकेसम्म आरामदायी र हल्का हावा छिर्ने जुत्ता लगाउनु पर्दछ । तर लामो समयसम्म जुत्ता लगाइ राखेमा चिलाउने समस्या हुनसक्छ ।

४. कागती
हातगोडाको फुट्ने समस्या हटाउन साथै छाला नरम राख्न आधा कागती काटेर त्यस भागमा दल्नुहोस् । त्यसपछि नुन हालेर तातोपानीमा गोडा डुबाउनुहोस् । एक सातासम्म यहि प्रक्रिया दोहोराएमा हातगोडा फुट्ने समस्या समाधान हुँदै जान्छ ।

५. तेल वा चीनी
हातगोडा रुख्खापन हुने समस्या हटाउन फुटेर बाहिर निस्किएको भाग कैँचीले काटेर पनि हटाउन सकिन्छ । यस्तोमा धेरै पीडा भएमा तेलले मालिस गर्नुपर्छ । साथै एक चम्चा सूर्यमुखी तेलमा २ चम्चा चिनी हालेर विस्तारै गोडामा मसाज गर्दा गोडामा टाँसिएको धुलो सफा हुने र गोडाका समस्याहरु कम हुँदै जान्छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ०१ बजे

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष

क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन, कम्युटर

‘रविको मुद्दा फिर्ताले नेपाल कालोसूचीमा पर्ने जोखिम बढ्यो’

काठमाडौं- नेपाल एक वर्षभन्दा लामो समयदेखि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ