उचाइ बढाउन किशोर अवस्थामा गर्नुपर्ने ६ काम | Khabarhub Khabarhub

उचाइ बढाउन किशोर अवस्थामा गर्नुपर्ने ६ काम


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैलाई सलक्क अग्लो र हट्टाकट्टा ज्यान परेको मानिस मन पर्दछ । मानिस आफू पनि यस्तै शरीर भएको हुन चाहन्छन् । तर कतिपयमा भने उमेर पुग्दा समेत राम्रो उचाइ वृद्धि हुन पाउँदैन । हुनत उचाइ बढाउने कुरा मानिसको वसमा हुदैन । यो मासिनको जिनमा निर्भर हुन्छ ।

हर्मोनको कारण मांशपेसी र हड्डीको बृद्धि हुने गर्छ । विशेषत किशोर अवस्थामा मानिसको उचाइ तीब्र रुपमा बढ्छ । यो समयमा पोषणयुक्त खानपान र उचित जीवनशैली अपनाएमा उचाइ बढाउन सकिन्छ ।

१. सन्तुलित खानपान
शरीरको सम्पूर्ण विकासमा सन्तुलित खानपान आवश्यक हुन्छ । यसकालागी हरियो सागसब्जी, फलफूल, प्रोटीन, कार्बोहाइड्रेटयुक्त खाना खानु पर्दछ । सब्जीमा सलगम, पालुङ्गो, गोभी, गाजर, ब्रोकाउली खानाले उचाइ बढाउन मद्दत पुग्दछ ।

२. पर्याप्त निन्द्रा
कतिपयलाई थाहा नहुन सक्छ, निन्द्रामा समेत मानिसको उचाइमा बृद्धि हुन्छ । अध्ययन अनुसार सुतेको बखत बच्चाको उचाइ सबैभन्दा बढी बढ्छ । यतिबेला शरीरमा ह्युमन ग्रोथ हर्मोन अधिक मात्रामा स्राव हुन्छ । त्यसैले दैनिक ८ देखि ९ घण्टा मस्त निदाउनु पर्छ ।

३. दुध र दुग्धजन्य पदार्थ
दुधमा क्याल्सियम पाइन्छ, यसले हड्डी बढाउने काम गर्छ । यसका साथै दुधमा भिटामिन ए र प्रोटिन पाइन्छ, जसले सम्पूर्ण शरीरको विकास गर्दछ । तसर्थ नियमित दुई गिलास दुध पिएमा वा दुग्धजन्य पनिर र दही सेवन गरेमा उचाइ बढाउन सहायक हुन्छ ।

४. घाम ताप्ने
भिटामिन डी पाउने सबैभन्दा सुलभ उपाय भनेको घाम ताप्नु नै हो । घामको किरणबाट भिटामिन डी मिल्दछ । यसले हड्डी बलियो बनाउनुका साथै हाडको लम्बाई पनि बढाउँछ । यस अलावा भिटामिन डी पाउन दुध, माछा, अण्डा, पनिर पनि सेवन गर्न सकिन्छ ।

५. अश्वगन्धा
उचाई बढाउन आयुवेदिक औषधी अश्वगन्धा प्रभावकारी मानिन्छ । नियमित दुई चम्चा अश्वगन्धा चुर्ण एक गिलास दुधमा मिलाएर पिएमा उचाई बढाउन सहायक मानिन्छ ।

६. व्यायाम/योगा
उचाइ बढाउन व्यायाम र योगा समेत प्रभावकारी मानिन्छ । उचाइ बढाउन तीब्र गतिमा दौडनु राम्रो मानिन्छ । प्राकृतिक रुपमा उचाइ बढाउन योग पनि फाइदाजनक हुन्छ । सूर्य नमस्कार जस्ता योगले ग्रोथ हर्मोन्स स्राव हुन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : १५ बजे

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ