शोक प्रस्ताव पारित गरेर १५ मिनेटमा प्रतिनिधिसभा बैठक स्थगित « Khabarhub

शोक प्रस्ताव पारित गरेर १५ मिनेटमा प्रतिनिधिसभा बैठक स्थगित

अर्को बैठक चैत ३ गते बस्ने


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।

१५ जनाको शोक प्रस्ताव पारित गर्दै सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

कसकसको शोक प्रस्ताव पारित भयो ?

बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन शुरू नहुँदासम्म मृत्यु भएका सांसद्हरुको शोक प्रस्ताव पारित गरिएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व तथा हालका १४ सांसदको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेकामा सर्वसम्मतिले पारित भएको हो ।

दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ॐकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

बैठक शुरू नहुँदै बाहिरिए प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा बैठक शुरू नहुँदै बाहिरिएका छन् । प्रधानमन्त्री ओली करिब १ बजेतिर संसद भवनबाट बाहिरिएका हुन्। बैठक शुरू नहुँदै बाहिरिएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीले केही प्रश्न गरे पनि उनी बोल्न चाहेनन। उनले हात हल्लाउँदै ‘यति भए भैगो नि’ भन्दै बाहिरिए।

यसअघि पनि फागुन २३ गते बसेको प्रतिनिधिसभा बैठक शुरू नहुँदै प्रधानमन्त्री ओली बाहिरिएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : ४३ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ