भूत देखिन जाह्नवीको दश लुक टेस्ट « Khabarhub

भूत देखिन जाह्नवीको दश लुक टेस्ट


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री जाह्नवी कपूर फिल्म ‘रुही’मार्फत दर्शकमाझ डराउने लुक्समा आउदैछिन् । फिल्ममा शरीरमा आत्मा बसेको एक युवतीको भूमिकामा जाह्नवी देखिँदैछिन् ।

आजतकमा प्रकाशित समाचारअनुसार जाह्नवीले प्रोस्थेटिक्स मेकअपको प्रयोग गरेकी छन् । फिल्ममा सुपर नेचुरल पावर देखाउनका लागि भीएफएक्सको पनि प्रयोग गरिएको छ ।

फिल्मका निर्देशक हार्दिक मेहताले प्रोस्थेटिक्सपछि दृश्य सुट गर्नका लािग घण्टौ पर्खनु परेको खुलाए । ‘जाह्नवीको लुक्स पास गर्नका लागि उनले १० लुकको टेस्ट दिएकी थिइन्’, हार्दिकले भनेका छन् ।

हार्दिकका अनुसार जाह्नवीले चुँडेल जस्तै शारीरिक हाउभाउ र आवाज फिल्ममा देखाएकी छन् । गत सोमबारमात्र जाह्नवी र राजकुमार रावले फिल्मको विशेष शो राखेका थिए ।

यो शोमा फिल्मको कलाकार तथा प्राविधिकसहित केही विशेष पाहुना बोलाइएको थियो । फिल्म हेर्न जाह्नवीले आफ्नो सहायकको परिवारलाई पनि बोलाएकी थिइन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : ४० बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका