भूत देखिन जाह्नवीको दश लुक टेस्ट « Khabarhub

भूत देखिन जाह्नवीको दश लुक टेस्ट


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री जाह्नवी कपूर फिल्म ‘रुही’मार्फत दर्शकमाझ डराउने लुक्समा आउदैछिन् । फिल्ममा शरीरमा आत्मा बसेको एक युवतीको भूमिकामा जाह्नवी देखिँदैछिन् ।

आजतकमा प्रकाशित समाचारअनुसार जाह्नवीले प्रोस्थेटिक्स मेकअपको प्रयोग गरेकी छन् । फिल्ममा सुपर नेचुरल पावर देखाउनका लागि भीएफएक्सको पनि प्रयोग गरिएको छ ।

फिल्मका निर्देशक हार्दिक मेहताले प्रोस्थेटिक्सपछि दृश्य सुट गर्नका लािग घण्टौ पर्खनु परेको खुलाए । ‘जाह्नवीको लुक्स पास गर्नका लागि उनले १० लुकको टेस्ट दिएकी थिइन्’, हार्दिकले भनेका छन् ।

हार्दिकका अनुसार जाह्नवीले चुँडेल जस्तै शारीरिक हाउभाउ र आवाज फिल्ममा देखाएकी छन् । गत सोमबारमात्र जाह्नवी र राजकुमार रावले फिल्मको विशेष शो राखेका थिए ।

यो शोमा फिल्मको कलाकार तथा प्राविधिकसहित केही विशेष पाहुना बोलाइएको थियो । फिल्म हेर्न जाह्नवीले आफ्नो सहायकको परिवारलाई पनि बोलाएकी थिइन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : ४० बजे

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न