एमाले र माओवादी केन्द्रका कार्यालयमा नामपाटी « Khabarhub

एमाले र माओवादी केन्द्रका कार्यालयमा नामपाटी


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– सर्वोच्च अदालतले नेकपा विभाजन भई साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै अवस्थामा रहेको फैसला गरेपछि नेकपा माओवादी केन्द्रले आजदेखि कार्यालयमा बोर्ड टाँसेर खुला गरेको छ ।

कुश्माबजारस्थित लम्भीडाँडामा रहेको कार्यालयमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, प्रदेश कमिटी सदस्य मनरुपा सुवेदीलगायतको उपस्थितिमा कार्यालय खुला गरिएको माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा कुश्मा नगर कमिटी अध्यक्ष शङ्कर गिरीले जानकारी दिए ।

यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बने पनि तत्कालीन माओवादी केन्द्रको कार्यालय पूर्णरुपमा बन्द अवस्थामा रहेको थियो ।

आज बोर्ड टाँगेसँगै माओवादी केन्द्र पर्वत जिल्ला कमिटी र सबै भ्रातृ सङ्गठनका गतिविधि पूर्ववत्ः रुपमा यसै कार्यालयबाट सञ्चालन हुने गिरीले जानकारी दिए । नेकपा विभाजन भएपछि एमालेले सोमबारदेखिनै बोर्ड टाँगेर कार्यालय सञ्चालनमा ल्याइसकेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : ४५ बजे

पाथीभराको महिनाको भेटी एक करोड छ लाख

ताप्लेजुङ – पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क साम्पाङको विज्ञप्ति: ‘सदनको अपमान गरेको’ आरोप

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य

बालेन हराएको सूचना !

काठमाडौँ – यो कार्टुनले प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित

सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ?

काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा