सांसदहरुको अवरोधपछि भारतको राज्यसभाको बैठक फेरि स्थगित « Khabarhub

सांसदहरुको अवरोधपछि भारतको राज्यसभाको बैठक फेरि स्थगित


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको सङ्घीय संसद्को माथिल्लो सदनको रुपमा रहेको राज्यसभाको बैठक बुधबार स्थगित भएको छ ।

विपक्षी पार्टीका सांसदहरुले बैठकमा होहल्ला गर्दै अवरोध गरेपछि यही मार्च १५ तारिखसम्मका लागि बैठक स्थगित भएको हो ।

विपक्षी सांसदहरुले अहिले चरम विवादमा परेको कृषिसम्बन्धी कानूनहरुको विरोध गर्दै ती कानूनहरु तत्काल फिर्ता गर्न माग गरेका छन् ।

त्यसैगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका धेरै विषयहरुलाई उठान गर्दै विपक्षी सांसदहरुले संसद् अवरोध गरेका हुन् ।

यसअघि पनि उनीहरुले संसद् बैठक अवरुद्ध गरेपछि बुधबार मध्याह्न १२ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बुधबार सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले बैठक स्थगित गरेका हुन् ।

भारतको राज्यसभामा अहिले बजेट अधिवेशनको दोस्रो सत्र चलिरहेको छ । गत सोमबारदेखि बजेट अधिवेशनको दोस्रो सत्र सुरु भएको हो ।

भारतमा केन्द्रीय संसद्ले बनाएको कृषिसम्बन्धी तीन वटा कानूनलाई लिएर किसानले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन् । यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो ।

संसद्मा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय काँग्रेससमेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद् बैठक बहिष्कार गरेका थिए ।

दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने संसद् सचिवालयको योजना रहेको छ । पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो । बजेट भने गत फेब्रुअरी १ तारिखमा संसद्मा टेबुल भएको थियो ।

अधिवेशनमा आर्थिक विधेयकसँगै करसम्बन्धी प्रस्ताव पनि पेस गर्ने कार्यसूची रहेको छ । सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्ताव पनि संसद् बैठकमा पेस गर्ने तयारी गरेको छ ।

पश्चिम बङ्गाल, तमिल नाडु, आसाम, केरला र पोन्डीचरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद् अधिवेशनलाई दलले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन् । ती प्रदेशमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ ।

–एएनआई

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ३७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने