नेता रावलेले गरे प्रदेश कार्यालय तोडफोडमा संलग्नलाई कारबाहीको माग | Khabarhub Khabarhub

नेता रावलेले गरे प्रदेश कार्यालय तोडफोडमा संलग्नलाई कारबाहीको माग


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् ।

घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने उनले माग गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले घटनामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घटना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने बताए ।

घटनाबारे आफूले गृह प्रशासन र पार्टी नेतृत्व पँक्तिलाई पनि जानकारी गराइसकेको रावलले बताए । उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनाए ।

रावलले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग-अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको धारणा राखे ।

अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग-अलग भएको अवस्थामा लेखराज भट्ट ईन्चार्ज बनाएर आफ्नो बोर्ड हटाउने हो त ? भन्दै उनले प्रश्न गरे ।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ हटाएका थिए ।  उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए ।

विवाद बढ्दै गएपछि हात हालाहालसम्मकै स्थिति भएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ७ : ०१ बजे

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक

बालुवाटारमा ८ नेताको बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच