नेता रावलेले गरे प्रदेश कार्यालय तोडफोडमा संलग्नलाई कारबाहीको माग « Khabarhub

नेता रावलेले गरे प्रदेश कार्यालय तोडफोडमा संलग्नलाई कारबाहीको माग


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् ।

घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने उनले माग गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले घटनामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घटना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने बताए ।

घटनाबारे आफूले गृह प्रशासन र पार्टी नेतृत्व पँक्तिलाई पनि जानकारी गराइसकेको रावलले बताए । उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनाए ।

रावलले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग-अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको धारणा राखे ।

अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग-अलग भएको अवस्थामा लेखराज भट्ट ईन्चार्ज बनाएर आफ्नो बोर्ड हटाउने हो त ? भन्दै उनले प्रश्न गरे ।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ हटाएका थिए ।  उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए ।

विवाद बढ्दै गएपछि हात हालाहालसम्मकै स्थिति भएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ७ : ०१ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ