राष्ट्रपतिसमक्ष सर्वोच्चको वार्षिक प्रतिवेदन पेश « Khabarhub

राष्ट्रपतिसमक्ष सर्वोच्चको वार्षिक प्रतिवेदन पेश


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

नेपालको संविधानअनुसार सर्वोच्च अदालतको प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालय शीतल निवासमा उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत तथा अन्य अदालत र न्यायाधिकरणबाट भएका न्याय सम्पादनसम्बन्धी तथा न्यायपालिकाका समसामयिक समस्या, चुनौती र न्यायपालिकाले राखेका अपेक्षा प्रस्तुत गरिएको छ ।

प्रतिवेदनमा समग्रमा देशभरीका मुद्दा फछ्र्यौट एक लाख ९४ हजार ५४५ (६१.२७ प्रतिशत) मुद्दा फछ्र्यौट भएको उल्लेख छ ।

सर्वोच्च अदालतलगायत मातहत तथा न्यायाधिकरणमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको एक लाख छ हजार २६६ र यस आर्थिक वर्षमा नयाँ दर्ता तीन लाख १७ हजार ५२० कायम रहेकामध्ये एक लाख ९४ हजार ५३७ मुद्दा फछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।

समग्रमा एक लाख २२ हजार ९८३ मुद्दा बाँकी रहेको छन् । अघिल्लो आर्थिक वर्षमा तीन लाख ९१ हजार तीस मुद्दाको वार्षिक लगत कायम भई सोको ७१.४७ प्रतिशत अर्थात् दुई लाख ६५ हजार १९२ मुद्दा फछ्र्यौट भएको थियो ।

कोभिड– १९ को प्रभाव न्यायलयको कार्यसम्पादनमा समेत पर्न गएकाले यस वर्षको तुलनामा प्रतिशतका हिसाबले करीब १० प्रतिशतले कम मुद्दा फछ्र्यौट भएका देखिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : १५ बजे

पाथीभराको महिनाको भेटी एक करोड छ लाख

ताप्लेजुङ – पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क साम्पाङको विज्ञप्ति: ‘सदनको अपमान गरेको’ आरोप

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य

बालेन हराएको सूचना !

काठमाडौँ – यो कार्टुनले प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित

सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ?

काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा