एमालेको उपाध्यक्ष बन्दै गृहमन्त्री थापा « Khabarhub

एमालेको उपाध्यक्ष बन्दै गृहमन्त्री थापा


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा एमालेको उपाध्यक्ष बनाउने तयारी थालिएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रधानमन्त्री ओलीसँगको सहकार्यमै रहने निर्णयमा पुगेका थापालाई उपाध्यक्ष बनाउने सहमति भएको जनाइएको छ ।

बालुवाटार स्रोतका अनुसार पूर्व माओवादी केन्द्रका नेता समेत रहेका थापालाई एमालेको उपाध्यक्षमा बनाउने तयारी भइरहेको हो।

उनी पार्टी एकीकरणपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट छन् । उनी संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा खुलेर लागेका थिए ।

नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतको फैसलापछि पूर्व माओवादी रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणीचन्द्र थापा लगायतका नेता माओवादी केन्द्रमा फर्किएका छैनन् ।

नेता थापालाई उपाध्य बनाउने सहमति भएको खबर सार्वजनिक भएसँगै एमालेका नेता कार्यकर्ताले सामाजिक संजालमा थापालाई बधाइ समेत दिन थालेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ७ : ४९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र