एमालेको उपाध्यक्ष बन्दै गृहमन्त्री थापा « Khabarhub

एमालेको उपाध्यक्ष बन्दै गृहमन्त्री थापा


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा एमालेको उपाध्यक्ष बनाउने तयारी थालिएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रधानमन्त्री ओलीसँगको सहकार्यमै रहने निर्णयमा पुगेका थापालाई उपाध्यक्ष बनाउने सहमति भएको जनाइएको छ ।

बालुवाटार स्रोतका अनुसार पूर्व माओवादी केन्द्रका नेता समेत रहेका थापालाई एमालेको उपाध्यक्षमा बनाउने तयारी भइरहेको हो।

उनी पार्टी एकीकरणपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट छन् । उनी संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा खुलेर लागेका थिए ।

नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतको फैसलापछि पूर्व माओवादी रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणीचन्द्र थापा लगायतका नेता माओवादी केन्द्रमा फर्किएका छैनन् ।

नेता थापालाई उपाध्य बनाउने सहमति भएको खबर सार्वजनिक भएसँगै एमालेका नेता कार्यकर्ताले सामाजिक संजालमा थापालाई बधाइ समेत दिन थालेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ७ : ४९ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या