विनयजंग बस्नेत ५० हजार धरौटीमा छुटे « Khabarhub

विनयजंग बस्नेत ५० हजार धरौटीमा छुटे


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीबीसीको एक सय प्रतिभाशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई अभद्र व्यवहार तथा सामाजिक सञ्जालमा गालीगलौज गरेको मुद्दामा पक्राउ परेका विनयजंग बस्नेत धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत काठमाडौँले बस्नेतलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । २४ दिन हिरासतमा बसेका बस्नेतलाई बुधबार अदालतले यस्तो आदेश दिएको हो ।

अदालतले उनीसँग अभद्र व्यवहारमा १० हजार र साइबर अपराधको मुद्दामा ४० हजार रुपैयाँ धरौटी मागेको हो ।

सपनाले गत माघ १९ गते विनयविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट फागुन ४ गते पक्राउ गरेको थियो ।

उनले युट्युबमार्फत सपना रोका मगरका अश्लील तस्वीर सार्वजनिक गरिदिने भन्दै धम्की दिएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : ०५ बजे

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका