विनयजंग बस्नेत ५० हजार धरौटीमा छुटे « Khabarhub

विनयजंग बस्नेत ५० हजार धरौटीमा छुटे


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीबीसीको एक सय प्रतिभाशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई अभद्र व्यवहार तथा सामाजिक सञ्जालमा गालीगलौज गरेको मुद्दामा पक्राउ परेका विनयजंग बस्नेत धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत काठमाडौँले बस्नेतलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । २४ दिन हिरासतमा बसेका बस्नेतलाई बुधबार अदालतले यस्तो आदेश दिएको हो ।

अदालतले उनीसँग अभद्र व्यवहारमा १० हजार र साइबर अपराधको मुद्दामा ४० हजार रुपैयाँ धरौटी मागेको हो ।

सपनाले गत माघ १९ गते विनयविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट फागुन ४ गते पक्राउ गरेको थियो ।

उनले युट्युबमार्फत सपना रोका मगरका अश्लील तस्वीर सार्वजनिक गरिदिने भन्दै धम्की दिएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : ०५ बजे

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं– नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी

कंक्रिट मोहले मौलिकता गुमाएको बारपाक (तस्बिरहरू)

काठमाडौं– गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकले अहिले

गत चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौं– गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३०