वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने नेता नेपाल समूहको निर्णय « Khabarhub

वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने नेता नेपाल समूहको निर्णय


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलाले वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने निर्णय गरेको छ ।

काठमाडौँको बानेश्वरस्थित एक होटेलमा बुधबार बसेको सो पक्षको छलफलमा विगतमा पार्टी भित्र जे जस्ता असन्तुष्टि भएपनि नेतृत्वसँग मिलेर अगाडि बढ्ने तथा वाम गठबन्धनको सरकारलाई टिकाउन अधिकतम प्रयत्न गर्ने निर्णय भएको नेता रघुजी पन्तले जानकारी दिए ।

‘हामीले वर्तमान राजनीतिक अवस्थाको समग्र परिस्थितिको समिक्षा गर्‍यौं। पार्टीलाई एकतावद्ध बनाएर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भयो,’ उनले भने, ‘सर्वोच्चको फैसलापछि दुई भएका एमाले र माओवादीबीचको एकता सम्भव होला नहोला तर बाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने भन्ने छ।’

भेलामा नेता नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी भएका थिए । एमाले ब्यूँतिएपश्चात अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल, खनाल लगायतसँग भेटेका छैनन् ।

अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले माओवादीबाट आएका नेताहरुको व्यवस्थापनमा टुंगो लगाउने गृहकार्य गरिरहेका बेला नेता नेपाल समूहका केन्द्रीय सदस्यहरुले छलफल गरेका हुन् ।

सर्वोच्च अदालतको फैसलापश्चात एमाले ब्यूँतिएसँगै नेपाल समूह सोमबार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर एमालेमै फर्किएका थिए । उनीहरुले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने जनाउँदै बताउँदै आएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : ०८ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न