वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने नेता नेपाल समूहको निर्णय | Khabarhub Khabarhub

वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने नेता नेपाल समूहको निर्णय


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलाले वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने निर्णय गरेको छ ।

काठमाडौँको बानेश्वरस्थित एक होटेलमा बुधबार बसेको सो पक्षको छलफलमा विगतमा पार्टी भित्र जे जस्ता असन्तुष्टि भएपनि नेतृत्वसँग मिलेर अगाडि बढ्ने तथा वाम गठबन्धनको सरकारलाई टिकाउन अधिकतम प्रयत्न गर्ने निर्णय भएको नेता रघुजी पन्तले जानकारी दिए ।

‘हामीले वर्तमान राजनीतिक अवस्थाको समग्र परिस्थितिको समिक्षा गर्‍यौं। पार्टीलाई एकतावद्ध बनाएर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भयो,’ उनले भने, ‘सर्वोच्चको फैसलापछि दुई भएका एमाले र माओवादीबीचको एकता सम्भव होला नहोला तर बाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने भन्ने छ।’

भेलामा नेता नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी भएका थिए । एमाले ब्यूँतिएपश्चात अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल, खनाल लगायतसँग भेटेका छैनन् ।

अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले माओवादीबाट आएका नेताहरुको व्यवस्थापनमा टुंगो लगाउने गृहकार्य गरिरहेका बेला नेता नेपाल समूहका केन्द्रीय सदस्यहरुले छलफल गरेका हुन् ।

सर्वोच्च अदालतको फैसलापश्चात एमाले ब्यूँतिएसँगै नेपाल समूह सोमबार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर एमालेमै फर्किएका थिए । उनीहरुले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने जनाउँदै बताउँदै आएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : ०८ बजे

अनेरास्ववियु (क्रान्तिकारी)मा उमेर हद लागू गर्ने तयारी

काठमाडौं– नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्वका विषयमा

विद्युत् खम्बा ढल्दा तनहुँका दुई पालिका अन्धकारमा

तनहुँ– गत बिहीबार रातिदेखि परेको वर्षाका कारण तनहुँको बुद्धसिंह मार्गअन्तर्गत

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग

झ्याप्लेखोला घटना : धादिङका प्रजिअ गृहमा तानिए

काठमाडौं– त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सम्पर्क विच्छेद

खोटाङ– अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर