बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्छ : नेतृ झाँक्री « Khabarhub

बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्छ : नेतृ झाँक्री


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफू शीतको थोपा बनी मुस्कुराई रहने बताएकी छन् ।

साविक नेकपाबाट एमालेमा फर्किएपछि उनले मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देख्ने भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेकी छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमाले र माओवादी केन्द्रले अलग-अलग गतिविधिहरु सञ्‍चालन गरिरहेका छन् ।

पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले एकतर्फीरुपमा पार्टीका गतिविधिहरु सञ्‍चालन गरिरहेका छन् । यता नेपाल समूहले बुधबार आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएर अब कसरी अघि बढ्ने भन्‍ने विषयमा छलफल गरेका छन् ।

उक्त छलफल सकिएपछि माधव नेपाल समूहमा रहेकी नेतृ  झाँक्रीले क्रान्तिकारीहरुले बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्ने भन्दै भावुक ट्वीट गरेकी हुन् ।

उनले भनेकी छन्, “प्रिय साथि्हरू, शीतको थोपा बनी मुस्कुराइ रहनेछु । मार्क्सवादीहरूले सुदूरपारीको क्षितिजमा पनि सम्भावना देखिरहेका हुन्छन् । क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ ।”

साविक नेकपाको माधव-प्रचण्ड समूहमा रहँदा उनले प्रधानमन्त्री ओली पक्षको कडा आलोचना गरेकी थिइन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : २३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र