बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्छ : नेतृ झाँक्री « Khabarhub

बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्छ : नेतृ झाँक्री


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफू शीतको थोपा बनी मुस्कुराई रहने बताएकी छन् ।

साविक नेकपाबाट एमालेमा फर्किएपछि उनले मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देख्ने भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेकी छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमाले र माओवादी केन्द्रले अलग-अलग गतिविधिहरु सञ्‍चालन गरिरहेका छन् ।

पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले एकतर्फीरुपमा पार्टीका गतिविधिहरु सञ्‍चालन गरिरहेका छन् । यता नेपाल समूहले बुधबार आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएर अब कसरी अघि बढ्ने भन्‍ने विषयमा छलफल गरेका छन् ।

उक्त छलफल सकिएपछि माधव नेपाल समूहमा रहेकी नेतृ  झाँक्रीले क्रान्तिकारीहरुले बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्ने भन्दै भावुक ट्वीट गरेकी हुन् ।

उनले भनेकी छन्, “प्रिय साथि्हरू, शीतको थोपा बनी मुस्कुराइ रहनेछु । मार्क्सवादीहरूले सुदूरपारीको क्षितिजमा पनि सम्भावना देखिरहेका हुन्छन् । क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ ।”

साविक नेकपाको माधव-प्रचण्ड समूहमा रहँदा उनले प्रधानमन्त्री ओली पक्षको कडा आलोचना गरेकी थिइन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : २३ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न