साउदीमा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड « Khabarhub

साउदीमा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’गरेको आरोपमा मृत्युदण्ड दिएको छ । शनिबार त्यहाँको रक्षा मन्त्रालयले तीन सैनिकलाई मृत्युदण्ड दिएको जनाएको हो ।

राज्यद्वारा सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित गरेको मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “सेनाले ‘शत्रुलाई सहयोग पुर्‍याई’ देशद्रोहको अपराध गर्ने तीन सैनिकलाई मृत्युदण्ड दिने ठहर गरेको छ ।”

विज्ञप्तिमा सैनिक अधिकारीहरू, मेहम्मद विन अहमद, साहेर विन इसा र हमद विन इब्राहिमलाई, उनीहरूले कोसँग राज्यविरोधी गतिविधि गरे भन्ने नखुलाईकन मृत्युदण्डको फैसला सुनाइएको हो ।

यो घोषणा ३५ वर्षीय उत्तराधिकारी साउदी राजकुमार मोहम्मद विन सलमानले सिंहासनका लागि आफूलाई सशक्त बनाउने क्रममा आएको हो । यही समय साउदी अरबले छिमेकी राष्ट्र यमनमा सैन्य अभियानलाई सशक्त बनाउन थालेकोले पनि यमनविरूद्धको अभियानमा उनीहरूले सशक्त भूमिका निर्बाह नगरेको अपुष्ट आरोपहरू सुनिँदै आएका थिए ।

प्रिन्स मोहम्मदलाई पहिले देखि नै देशको नयाँ नेतृत्वको दाबेदारका रूपमा हेरिन्छ । उनले सरकारको सबै प्रमुख संयन्त्रहरूका साथै अर्थव्यवस्थामा नियन्त्रण जमाएको बताउने गरिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : ३२ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६