नानाको कोठामा आयषालाई मनीषाले भेटेपछि… « Khabarhub

नानाको कोठामा आयषालाई मनीषाले भेटेपछि…


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् १९९६ मा निर्देशक पार्थो घोस अभिनेता नाना पाटेकर र अभिनेत्री मनीषा कोइरालालाई लिएर फिल्म ‘अग्निसाक्षी’ बनाइरहेका थिए । यही फिल्मको सुटिङका दौरान नाना र मनीषाबीच अफेयरको चर्चा चल्न सुरु भयो ।

एबीपी लाइभका अनुसार नानासँग मनीषा नजिकिन थालेपछि मनीषले कोही पनि युवती नानासँग घुलमिल नहुन भन्ने चाहेकी थिइन् । तर उनले चाहे जस्तो भइदिएन ।

एकदिन फिल्मको नाइट सुटिङ भइरहेको थियो । त्यही बेला मनीषाले नानाको मेकअप रुममा अभिनेत्री आयशा जुल्कालाई देखिन् ।

आयशालाई नानाको मेकअप रुममा देखेपछि मनीषाले आफ्नो रिसलाई थाम्न सकिनन् र आयशासँग झगडा गर्न थालिन् । जब मनीषा आयशामाथि रिस पोख्न थालिन्, आयशालाई पनि यो कुराले चित्त बुझेन ।

मनीषा र आयशाको झगडा हात हालाहालको अवस्थासम्म आइपुग्ने देखेपछि नानाले दुवै अभिनेत्रीलाई हात जोडेर सम्झाए ।

यो घटनापछि मनीषा असुरक्षित महशुस गरिन् र नानालाई विवाह गर्नका लागि दबाब दिन थालिन् । नाना पहिलेदेखि नै विवाहित थिए र उनी श्रीमतिलाई छोड्न तयार थिएनन् ।

यही विषयले मनीषा रिसाइन् र उनले नानासँग अलग्गिने निर्णय लिइन् । मनीषाले नानासँग अलग्गिने निर्णय लिएको केही दिनपछि नै उनले नाना कोही युवतीसँग लिभ इन रिलेसनमा रहेको थाहा पाइन् । ती युवती अरु कोही नभई आयशा नै थिइन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १ : ०० बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान