नरदेवी अस्पतालमा जेठ १ बाट आइसोलसन सञ्चालन गरिने  « Khabarhub

नरदेवी अस्पतालमा जेठ १ बाट आइसोलसन सञ्चालन गरिने 


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अनुदान सहयोग गर्ने भएको छ ।

यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा आज महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशक डा. प्रदीप के. सी. ले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कोभिड–१९ को दोस्रो लहरले काठमाडौँ उपत्यकामा हरेक दिन संक्रमितहरुको संख्या बढेर अस्पतालहरुको क्षमता कमी भइरहेको छ ।

सेवा दिइरहेका स्वास्थ्य संस्थालाई पर्याप्त सेवा दिन कठिन भइरहेका बेला संरचना र जनशक्ति भएका अस्पतालहरुमा आइसोलेसन र आधारभूत उपचार सेवा सुरु गरेर उपचारकै अभावमा नागरिकले मृत्युवरण गर्नु नपरोस् भनेर सम्झौता गरिएको हो ।

सम्झौता बमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधन स्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ भने महानगरले यसका लागि आवश्यक खर्च अनुदानका रुपमा उपलब्ध गराउनेछ ।

बैशाख २० गते बसेको महानगरपालिकाले नगरकार्यपालिकाको बैठकले आइसोलेसन केन्द्रहरु स्थापना गर्ने विषयमा निर्णय गरेको थियो ।

महानगरले अस्पतालका सञ्चालन हुने अक्सिजनसहितको एचडीयु सेवा र आइसोलेसन केन्द्र चलाउन पाईपलाईन सहितको अक्सिजन वितरण प्रणाली विकास गर्ने, अस्पतालको मर्मत सम्भार तथा रंग रोगन गर्ने, आवश्यक थप जनशक्ति व्यवस्था गर्नेजस्ता पूर्वाधार तयार गरेर जेठ १ गतेबाट सञ्चालनमा ल्याइनेछ ।

उपचारमा खटिएका जनशक्तिहरुलाई प्रोत्साहन भत्ता, विरामीहरुका लागि खाना खाजालगायतका खर्च महानगरको अनुदान रकमबाट व्यहोरिनेछ ।

अस्पताललाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त रकममा नपुगेको रकम शोधभर्ना स्वरुप महानगरले उपलब्ध गराउनेछ । पहिलो चरणमा ५० बेडबाट अक्सिजनसहितको आईसोलेसन सेवा सुरु गरेर यसलाई विस्तार गर्दै लैजाने सहमति पत्रमा उल्लेख छ ।

आईसोलेसनको ब्यवस्थापनका लागि दुवै पक्षबाट २/२ जना प्रतिनिधि रहने आईसोलेसन ब्यवस्थापन समिति गठन गरिनेछ । समितिले आईसोलेसन संञ्चालन ब्यवस्थापनको समग्र व्यवस्थापन गर्नेछ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ४ : १९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन