ओलीको जवाफ : ‘हलो अड्काउने गोरु पड्काउने’ अवस्था किन ? « Khabarhub

ओलीको जवाफ : ‘हलो अड्काउने गोरु पड्काउने’ अवस्था किन ?


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले अविश्वासको प्रस्ताव आउँछ भनेर आफू अढाइ महिना पर्खे पनि अविस्वासको प्रस्ताव नआएको बताए ।

उनले भने, ‘दौडधुप मात्र चलेको छ के के न भएजस्तो । जनता कति आउँदारैछन् भनेर मैले सभा गरेर देखाइदिएको हो ।’

अहिले मैले विश्वासको मत किन लिएको भन्दा मुलुकलाई अस्थिरता तर्फ नलैजान हो । उनले जहिले पनि विरोध गरेको तर विकल्प नदिएको आरोप लगाए ।

उनले भने, ‘कुराले च्यूरा भिझ्दैन । हामीलाई स्थिरता चाहिएको हो भने सहमतिअनुरुप अघि बढौँ, होइन भने स‌ंविधानअनुरुप अघि बढौँ । उपयुक्त ढंगले देशलाई अगाडि बढाऔँ । यति गर्दा पनि धन्यवाद भन्नु छैन ।’

‘विश्वासको मत भनेको संसद बाहिर भनेको कुरा होइन, म कसैलाई आरोप लगाइरहेको छैन । संसदको विश्वास म माथि छैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ । संसदको आदेशसँगै मार्ग प्रशस्त भइहाल्छ । म स्थायित्वका लागि यहाँ आएको हुँ ।’

‘सबै पक्षलाई मिलाएर अघि जान्छु भन्दा म अघि बढ्छु भन्ने हक राख्छु तसर्थ विश्वासको मत मागेको हो ।’ उनले भने, ‘म पनि बुझ्छु, कस्को उपस्थिति छ, कस्को छैन, किन छैन ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ०५ बजे

 लागूऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्र गतिमा स्तरोन्नति गरिँदै

रसुवा– गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्र गतिमा स्तरोन्नति भइरहेको छ

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका राष्ट्रपतिले अर्को भने जारी गरे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

कार्यवाहक प्रमुख डंगोलको आग्रह : होल्डिङ सेन्टरका बालबालिकालाई आवासीय सुविधासहित पढाऊँ

काठमाडौं– राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा भएका बालबालिकाहरूलाई संस्थागत विद्यालयहरूमा