ओलीको जवाफ : 'हलो अड्काउने गोरु पड्काउने' अवस्था किन ? | Khabarhub Khabarhub

ओलीको जवाफ : ‘हलो अड्काउने गोरु पड्काउने’ अवस्था किन ?


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले अविश्वासको प्रस्ताव आउँछ भनेर आफू अढाइ महिना पर्खे पनि अविस्वासको प्रस्ताव नआएको बताए ।

उनले भने, ‘दौडधुप मात्र चलेको छ के के न भएजस्तो । जनता कति आउँदारैछन् भनेर मैले सभा गरेर देखाइदिएको हो ।’

अहिले मैले विश्वासको मत किन लिएको भन्दा मुलुकलाई अस्थिरता तर्फ नलैजान हो । उनले जहिले पनि विरोध गरेको तर विकल्प नदिएको आरोप लगाए ।

उनले भने, ‘कुराले च्यूरा भिझ्दैन । हामीलाई स्थिरता चाहिएको हो भने सहमतिअनुरुप अघि बढौँ, होइन भने स‌ंविधानअनुरुप अघि बढौँ । उपयुक्त ढंगले देशलाई अगाडि बढाऔँ । यति गर्दा पनि धन्यवाद भन्नु छैन ।’

‘विश्वासको मत भनेको संसद बाहिर भनेको कुरा होइन, म कसैलाई आरोप लगाइरहेको छैन । संसदको विश्वास म माथि छैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ । संसदको आदेशसँगै मार्ग प्रशस्त भइहाल्छ । म स्थायित्वका लागि यहाँ आएको हुँ ।’

‘सबै पक्षलाई मिलाएर अघि जान्छु भन्दा म अघि बढ्छु भन्ने हक राख्छु तसर्थ विश्वासको मत मागेको हो ।’ उनले भने, ‘म पनि बुझ्छु, कस्को उपस्थिति छ, कस्को छैन, किन छैन ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ०५ बजे

भारतमा नक्सलवादी विद्रोहीको आक्रमणमा वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

एजेन्सी – भारतको छत्तीसगढ राज्यमा सोमबार शक्तिशाली सुधारिएको विस्फोटक उपकरण

विपक्षीलाई कांग्रेसको जवाफ- घोषणा पत्रमै लेखेको छ, अर्को चुनावमा पनि लेखौँला

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरण र गृहमन्त्री

भारतीय दूतावासको आयोजनामा क्रिकेट प्रतियोगिता

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले २०८२ जेठ १७ गतेदेखि जेठ २५

मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु

एजेन्सी– विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको क्याम्पसमा फर्काउँदै गरेको बस सोमबार उत्तरी

कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित

काठमाडौं– प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालनका लागि सत्तासाझेदार नेपाली कांग्रेस र