भारी वर्षापछि चार तल्ले भवन भत्किँदा  भारतमा ९ जनाको मृत्यु | Khabarhub Khabarhub

भारी वर्षापछि चार तल्ले भवन भत्किँदा  भारतमा ९ जनाको मृत्यु


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारी वर्षापछि भारतको मुम्बइस्थित मलाड वेस्टको मालवानी क्षेत्रमा रहेको एउटा चार तल्ले भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अन्य कयौँ बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बुधवार राति साढे ११ बजेतिर भवन भत्किदा घाइते भएका ८ जनाको स्थानीय  बीडीबीए नगर जनरल हस्पिटलमा उपचार भइरहेको छ ।  घरको भग्नावशेषमा फसेका १५ जनाको उद्धार गरिएको छ ।

भारी वर्षाकै कारण मुम्वइका सडक तथा रेलमार्ग पनि बन्द भएको छ । अझै चार दिन भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ भारतीय मौसम विभागले आह्वान गरेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : २५ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा