आज शेयर बजार नेप्से १.८० अंकले गिरावट « Khabarhub

आज शेयर बजार नेप्से १.८० अंकले गिरावट


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आज नेप्से परिसूचकमा १.८० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो ।

हिजो दोहोरो अंकले घटेको नेप्से आज पनि घटेको हो।  बिहीबार नेप्सेमा सामान्य गिरावट आएपनि यता क वर्गका सेन्सेटिभ इन्डेक्स भने बढेको छ ।

नेप्सेका अनुसार यस दिन सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ५२७.८७ विन्दुमा पुगेको हो । बिहीबार कुल २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार २६४४ कित्ता सेयर १ लाख ५५ हजार ६९० पटक किनबेच हुँदा कुल १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँको कारोबार भएको छ ।

यस दिन विकास बैंक समूह धनात्मक हुँदा वाणिज्य बैंकहरु ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, व्यापार, जीवन बीमा, निर्जीवन बीमा लगायत अन्य समूह ऋणात्मक रहेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ५ : ०१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै