रावणले किन छुन सकेन माता सीतालाई ? « Khabarhub

रावणले किन छुन सकेन माता सीतालाई ?


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामायण बारे जानकार अधिकाशं मानिसलाई लंकापति रावणले माता सीताको हरण गरेको बारे थाहा छ ।

तर धेरैले रावणले राम्रो आचरण भएकाले माता सीतालाई कैद गरेर राखे पनि नछोएको ठान्छनु । तर वास्तविकता भने यस्तो छैन ।

रावणले आवेगमा आएर सीताको हरण गरेको थियो । तर आचरण सही भएर वा महानताका कारणले महलको बाहिर अशोक वाटिकामा कैद गरी राखेकी सीतालाई नछोएको भने होइन । कैदमा राखिएको भए पनि रावणले चाहेर पनि माता सीतालाई छुन सक्दैन थियो ।

वाल्मीकि रामायणको उत्तरकाण्डको अध्याय २६ र श्लोक ३९ मा रावणले पाएको श्रापबारे बताइएको छ । पौराणिक कथा अनुसार, भगवान शिवले रावणको तपस्याबाट खुशी भएर वरदान दिएपछि रावण पहिले भन्दा झन् शक्तिशाली बन्यो र तीनै लोक जित्न निस्कियो । त्रिलोक विजय अभियानका दौरानमा रावण स्वर्ग लोक पुगेर केहि समयका लागि आफ्ना भाई कुबेरको शहर अलाकामा विश्राम गर्न थाल्यो ।

एक दिन स्वर्गकी अप्सरा रम्भा आफ्नो हुनेवाला पति नलकुबेरसंग भेट्न जादाँ बाटोमा रावणसंग जम्काभेट भयो । रम्भाको सुन्दरता देखेर रावण उनी प्रति मोहित भयो । रावणले रम्भाका साथ दुराचार गर्ने कोशिश गर्याे ।

रम्भाले रावणलाई उनी कुबेरका छोरा नलकुबेरको हुन लागेकी पत्नी भएको र यस नाताले उनी रावणको पुत्रवधू समान भएको बताइन् । त्यसका बावजूद रावणले रम्भाका साथ दुराचार गर्याे ।

यही कुरा जब नलकुबेरले थाहा पाए तब उनले रावणलाई, कुनै पनि स्त्रीको इच्छा विपरीत उनलाई स्पर्श गरे रावणको शिर सय टुक्रा भइ नष्ट होस् भनी श्राप दिए । नलकुबेरको यहि श्रापका कारण रावणले माता सीतालाई आफ्नो कैदमा राखेर पनि छुन सकेन ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : ४६ बजे

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा