ह्यूमपाइप बगाएपछि अवरुद्ध बुटवल– नारायणघाट सडकखण्ड एकतर्फी सुचारु « Khabarhub

ह्यूमपाइप बगाएपछि अवरुद्ध बुटवल– नारायणघाट सडकखण्ड एकतर्फी सुचारु


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– बाढीले सडक भत्काएपछि विहीबार बिहानदेखि अवरुद्ध बुटवल– नारायणघाटखण्ड शुक्रबार बेलुकाबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

बाढीले राजमागको ह्यूमपाइपसमेत बगाएर फाउण्डेन नै भत्काएपछि विहीबार विहान ८ बजेदेखि बुटवल– नारायणघाटखण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

बाढीले कालोपत्रेबाहेक सडकभित्रको ह्यूमपाइपसहित फाउण्डेशन भत्काएर सुरुङ बनाएको थियो । बुटवल नारायणघाट सडक स्तरउन्नतिको ठेक्का पाएको चिनियाँ कम्पनीले बाटो मर्मत गर्न ढिलाइ गर्दा दुई दिनसम्म सवारी साधनहरु सडकमै अलपत्र परेका थिए ।

साना सवारी साधनहरु भने कावासोतीबाट दक्षिणतर्फ पिठौली हुँदै उत्तरतर्फ रिठ्ठेपानी भएर झण्डै १० किलोमिटर भित्रीबाटोबाट लोका निस्किएका थिए ।

भत्किएको सडकमा ह्यूपपाइप राखी माटो भरेर शुक्रबार बेलुका ७ बजेपछि एकतर्फी रुपमा सूचारु गरिएको हो । एकतर्फी बाटो खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ गालेका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ०३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि