ह्यूमपाइप बगाएपछि अवरुद्ध बुटवल– नारायणघाट सडकखण्ड एकतर्फी सुचारु « Khabarhub

ह्यूमपाइप बगाएपछि अवरुद्ध बुटवल– नारायणघाट सडकखण्ड एकतर्फी सुचारु


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– बाढीले सडक भत्काएपछि विहीबार बिहानदेखि अवरुद्ध बुटवल– नारायणघाटखण्ड शुक्रबार बेलुकाबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

बाढीले राजमागको ह्यूमपाइपसमेत बगाएर फाउण्डेन नै भत्काएपछि विहीबार विहान ८ बजेदेखि बुटवल– नारायणघाटखण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

बाढीले कालोपत्रेबाहेक सडकभित्रको ह्यूमपाइपसहित फाउण्डेशन भत्काएर सुरुङ बनाएको थियो । बुटवल नारायणघाट सडक स्तरउन्नतिको ठेक्का पाएको चिनियाँ कम्पनीले बाटो मर्मत गर्न ढिलाइ गर्दा दुई दिनसम्म सवारी साधनहरु सडकमै अलपत्र परेका थिए ।

साना सवारी साधनहरु भने कावासोतीबाट दक्षिणतर्फ पिठौली हुँदै उत्तरतर्फ रिठ्ठेपानी भएर झण्डै १० किलोमिटर भित्रीबाटोबाट लोका निस्किएका थिए ।

भत्किएको सडकमा ह्यूपपाइप राखी माटो भरेर शुक्रबार बेलुका ७ बजेपछि एकतर्फी रुपमा सूचारु गरिएको हो । एकतर्फी बाटो खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ गालेका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ०३ बजे

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी