घर–घरबाट फोहोर किन्दै घोराही उपमहानगर « Khabarhub

घर–घरबाट फोहोर किन्दै घोराही उपमहानगर


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देउखुरी–घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ । बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पुर्याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ ।

केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले गत शुक्रबारदेखि नागरिकहरुको घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो । घोराही –१४ नयाँ बसपार्कमा जलजला होटलकी सञ्चालक सीता रोकालाई फोहर ब्यवस्थापनले निकै पीडा दिँदै आएको थियो ।

हरेक दिन बिहान फोहर जम्मा गरेर उपमहानगरको गाडीमा पठाउनपर्ने झञ्झट हुने गथ्र्यो । पहिलो पटक फोहर बेचेकी रोकाले बीस केजी फोहरको रु दुइसय पाँच रुपैयाँ प्राप्त गरिन् । होटलबाट उत्पादन भएको फोहरले आम्दानी हुने भएपछि उनी खुशी छिन् ।

यो वर्षदेखि उपमहानगरभित्रको फोहर खरिद गर्ने नीति लिएपछि फोहर बिक्री गर्ने प्रतिस्पर्धा नै चलेको छ । चालु आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहर खरिद गर्न शुरु गरेको थियो । अहिलेसम्म झण्डै रु बीस हजारको फोहर खरिद गरिएको उपमहानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो ।

उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई रु दश, कपडा प्रति किलो रु पाँच, सुर्र्तीजन्य प्लाष्टिकको फोहोर प्रति किलो रु दुइ, गत्ता, कापीसहित वर्गिकरण अनुसारका फोहोरलाई रु दश देखि बीससम्ममा किलोमा खरिद गर्ने दर कायम गरिएको छ ।

यसरी खरिद गरिएको गल्ने फोहोरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगहरुसँग समन्वय गरेर विक्री गरिने नगर प्रमुख चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १२ : ०० बजे

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी