बेनीका दुई पसलमा आगलागी | Khabarhub Khabarhub

बेनीका दुई पसलमा आगलागी


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनी बजारस्थित न्यूरोडमा रहेका दुई पसलमा मंगलबार बिहान आगलागी भएको छ ।

बिहान साढे दुई बजेतिर बेनी नगरपालिका ८ मा रहेको एउटा डेरी पसल र किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय जीवनबहादुर विश्वकर्माको घरमा रहेको रघुगंगा डेरी र नतिजा किराना स्टोर्समा आगलागी हुँदा दुबै पसलमा रहेका सामानहरु जलेर नष्ट भएका छन् ।

प्रहरीले दमकलको सहायतामा २ घण्टामा आगो नियन्त्रणमा लिएको थियो । पसलभित्रको विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ५५ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण